दु:ख पाउनुछ वा धोका खानु छ भने एमालेमा गए हुन्छ, बल्ल बुझ्दैछु एमाले कस्तो छ-कोमल वली



 

राप्रपा छोडेर नेकपा एमालेमा प्रवेश गरेकी गायिका कोमल वलीले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी छिन्।

 

एमालेले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक सूचीमा नराखेपछि कोमलले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। वलीले साढे ४ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेको बताइन्।

 

उम्मेदवारी दर्ता गरेपछि वलीले भनिन्,‘एमालेले मलाई धोका दिएकाले मैले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुँ। मलाई विश्वास छ, मलाई मत दिएर जिताउनु हुनेछ।’

 

एमालेले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनाउने भन्दै वलीलाई पार्टी प्रवेश गराएको थियो।अन्तिम समयमा एमालेले प्रत्यक्षमा टिकट दिन नसकिने बताउँदै वलीलाई समानुपातिक सूचीमा राख्ने बताएको थियो। तर, समानुपातिक सूचीमा पनि एमालेले नराखेपछि स्वतन्त्र उम्मेदवारी दिएको वलीले बताइन्।

 

‘मलाई पहिले नै केही मान्छेले भनेका थिए कि एमालेले धोका दिन्छ भनेर। तर, मैले अहिले बल्ल बुझ्दै छु,’ उनले भनिन्।

 

गत फागुनमा भएको राप्रपाको एकता महाधिवेशनबाट वली केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्। महाधिवेशन भएको ६ महिना नपुग्दै राप्रपा फुटेपछि वली एमाले प्रवेश गरेकी हुन्।

 

वलीलाई असोज दोस्रो साता दाङको घोराहीमा आयोजित भव्य कार्यक्रमकाबीच वलीलाई एमाले उपाध्यक्ष वामदेव गौतम र स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीमा भित्र्याएका थिए।

 

सुर्यमा भोट हालेर को को पछुताउदै हुनुहुन्छ ? तपाईको भोट खोलामा गैसक्यो

उ बेला सहि पनि एमाले
मै पनि एमाले
अहिले चाहिँ उखाने एमाले ….खाने एमाले ।

न त जनताको पिर मर्का बुझ्यो , न त जनतालाइ साथ दियो ।

न त बुढा बुढिलाइ भनेको कुरा पूरा गर्यो ।

न त युवाले सोचेको काम गर्यो ।

 

भोट जति फुत्कायो अहिले करमा नेपालि सारालाइ सेक्दै छ । जे होस जनताले बुझ्ने मौका पाए कि नागलाइ बिस्वास गर्दा कसरी पछि डस्छ भन्ने कुरा ।

 

बलत्कारी लाई छुट , हत्यारालाई रिहा अनि भ्रस्टचारिलाइ केही नगर्ने यो नालायक सरकार , एक देश प्रेमी डाक्टरलाइ २७ दिन भोकमरिमा राखेर मरे मरोस भन्छ ।

 

बलत्कार बिरुद्द बोल्नेलाइ गिरफ्तार गर्छ । अनि बिकासका ठुला कुरा गर्छ तर काम भने सिन्को भाच्दैन ।

 

बुझ्न नसकेको कुरा, बलत्कारी लाई फासी अनि भ्रस्टाचारिलाइ कारवाहिको माग गर्दा सरकार किन गिरफ्तार गर्छ ? हो पछिल्लो समय येहि भैराको छ। बिरोद गर्ने आफ्नो आफ्नो तरिका हुन्छन, बिरोध गर्दा किन सरकारले कानमा तेल हालेर बस्छ।

 

के आम जनताले अब सत्य बोल्न पनि नपाउने भए ?? बलात्कारिलाइ फाँसी दे भन्दा, भ्रष्टाचारिलाइ कारवाही गर भन्दा किन सरकार उल्टै गिरफ्तार गर्छ र जनताको मुख टाल्छ ?? के हो कारण ??

कम्युनिस्ट सरकार देशमा आएपछी झन झन अराजकता बढेको छ, बलत्कार बढेको छ अनि भ्रस्टाचार बढेको छ ।

 

मेडिकल शिक्षा र यो क्षत्र राम्रो बनाउ भनेर माग राख्दा गोबिन्द केसिलाइ झन्डै मारे ,

आज बलत्कारिलाइ फाँसी दे भन्दा गिरफ्तार , हिजो भ्रस्टाचारिलाइ कारवाही गर भन्दा गिरफ्तार ।

आखिर गर्न खोजेको के ??

 

राम्रो कुरा गर्नेजती सबै अब बहिस्कार, अनि हत्यारा र घुसिया लाई रिहा गर्दै आफ्नो मान्छेलाइ जताततै पुर्याउने अजेन्डा ओलि सरकारको निकै निन्दनिय छ ।

आखिर सरकार ले गर्न खोजेको के ??

 

हेल्लो सरकार ! म बिहान ७.३० मा कलेज पुग्छु। म घरमा सुत्छु।। यो मेरो श्रमले बनाएको घर हो। मेरो पैसाले किनेको जमिन हो। म यसको कर तिर्छु। मेरो छिमेकीले कोठा भाडामा लगाएका छ्न। उनी तेसको पनि कर तिर्छन।

मैले बिहान खाएको पाउरोटीको पनि म कर तिर्छु। मैले बांच्न पनि कर तिर्नु पर्छ।

 

म दैनिक करिब ८देखी १० घन्टा काम गर्छु। मेरो दिमाग र श्रम बापत म तलब पाउंछु। तर तेसमा पनि कर लाग्छ।

 

म गाडी किन्छु।।त्यसमा कर तिर्छु। प्रतेक बर्ष कर तिर्छु। म पेट्रोल किन्छु तेसमा पनि कर तिर्छु। म सडकमा गाडी कुदाउंछु, तेस्को पनि कर तिर्छु।

म सन्तानलाई पढाएबापत कर तिर्छु।

 

म बिरामी हुन्छु, डाक्टरलाई जचाउदा पनि कर तिर्छु। म औसधि किन्छु त्यसमा पनि कर तिर्छु। म आखाका लागि चस्मा किन्छु, त्यसमा पनि कर तिर्छु।

म जुत्ता किन्छु, त्यसमा पनि कर तिर्छु।

म सर्ट किन्छु, तेसमा पनि कर तिर्छु।

म कट्टु किन्छु त्यसमा पनि कर तिर्छु।

म बिजुलीको शुल्क तिर्छु, त्यसमा पनि कर तिर्छु।

म पानी पिउछु, त्यसमा पनि कर तिर्छु।

 

म जीवनका प्रत्येक पाइलामा कर तिर्छु। मलाइ हर्ट एट्याक हुन्छ, औषधि गर्छु। मृत्युबाट फर्किदा पनि कर तिर्छु। दुर्घटना हुन्छ। मेरो खुट्टा काटिन्छ, तर म सङ्ग कर पनि लिइन्छ। बम पड्किन्छ, म बल्ल बल्ल बांच्छु, म सङ्ग कर उठाइन्छ।

तर यो कर बाट के किन्छ सरकार?

१. मन्त्री र हाकिमलाइ महङ्गो गाडी किन्छ।

२. मन्त्री र हाकिमले चड्ने गाडीमा हाल्न तेल किन्छ।

३. मन्त्री र हाकिम बिदेश यात्रा गर्न भत्ता दिन्छ सरकार। गत साल १४०० हाकिम र मन्त्रीले बिदेश डुले मैले अस्पतालमा उपचार गर्दा तिरेको करले।

४. दलका कार्यकर्तालाई खर्च बाँड्छ।

५. बाटोमा एक इन्चको पिच गरेर ठेकेदारलाई पैसा दिन्छ। हाकिम र मन्त्रीले ३५% प्रतिशत घुस खान्छ्न।

६. देशको ब्यापार घाटा सात गुना बढी भएको छ। टोल टोलका फलफुल दुकानमा अस्ट्रेलियाबाट ल्याएका स्याउ छ्न। तर जुम्लाका स्याउ भैसीले खादैंछ्न।

७. गरिब ले सिटामल पांउदैन। सुकुम्बासीको घर छैन। थुप्रै महिला शरीर बेच्न बाध्य छ्न।

८. किन?

 

म यो देशको सन्तान हुँ। मेरो जिम्मेवारी छ यो देश जोगाउने। म नागरीक हुँ यो देशको, मेरो जवाफदेहिता छ देशको संरक्षण गर्ने। तर मलाई सासन गर्छ्न मेरा देशका नेता। मलाइ शोषण गर्छ्न मेरा नेता।

 

मैले भर्खर एउटा सन्तान जन्माएं।

उस्ले यो देशलाइ जोगाउन ज्यान पनि दिन्छ भविष्यमा। तर, उस्लाइ लिएर घर फर्किदा मैले उस्लाई जन्माए बापत कर तिंरे। अब उस्को नाम दर्ता गर्दा कर तिर्नु पर्छ। उसलाई स्कुल भर्ना गर्दा कर तिर्नु पर्छ। उस्को बिबाह दर्ता गर्दा कर तिर्नु पर्छ। उसको नागरिकता लिदां कर तिर्नु पर्छ।

 

कहिले सम्म म कर तिरिरहने अनि मन्त्री र हाकिम मेरो करबाट मस्ति गरि रहने?

म तपाइँलाई भोट हाल्न चाहन्छु, के मेरा यी प्रस्नको जवाफ तपाइँ सङ्ग छ?

 

के चुनाब मेरो श्रममा लगाएको करबाट बाजि खेल्न खेलमात्र हो? हरेक नागरिक सचेत हुन अवास्यक छ। सोध्नुहोस प्रस्न। लोकतन्त्रलाई आफ्नो हातमा लिने प्रयास गर्नुहोस। निरासा होइन चेतनाको खेती गरौं।

सास गन्हाएर तपाइँको सामु कोहि पर्दैन ? प्रयोग गर्नुहोस् यो घरेलु उपचार विधि

प्राय मानिसहरुको सास गन्हाउने समस्या हुन्छ। दाँत लाई दिनको दुई पटक वा सो भन्दा बढी माझ्ने, माउथ वाश प्रयोग गर्ने वा मुख सफा राख्ने जस्ता कार्य गरे पनि सास गन्हाउने समस्याले हैरान नै बनाउँछन्।

 

यसले गर्दा अरुको अगाडी गएर निस्फिक्री कुरा गर्न नसकिने वा अरुले पनि तपाईं लाई त्यति धेरै मन नपराउने जस्ता समस्याहरु झेल्नुपर्ने हुन्छ। यदि सहनै नसक्ने गरि सास गनाउँछ भने डाक्टरसंग सल्लाह लिएर उपचार गराउनु बेस हुन्छ।

 

तर कतिपय अवस्थामा आफ्नै लापरबाह वा मुखको राम्रो सफा नगर्नाले यस्तो समस्या आउँछन्। सास गनाउने समस्या रोक्न यस्ता घरेलु चिजहरु छन् जुन प्रभावकारी र अचुक औषधी सावित भइसकेको छ। यस समस्या बाट छुटकारा पाउन बेकिंग सोडा एक अचुक औषधी हो जसले सास गन्हाउने समस्यालाई पूर्ण रुपमा हटाउँछ। विस्तारमा हेर्नुहोस् कसरी प्रयोग गर्ने ?

 

१. बेकीङ सोडाले मुख पखाल्ने: आधा कप पानीमा सानो चम्चा को आधा बेकीङ सोडा राख्ने। बेकीङ सोडालाई पानीमा घोलिसकेपछी मुखमा राखेर भित्र वरिपरी पुर्याउने। त्यसपछि पानीलाई फाल्ने र मुख राम्ररी पखाल्ने।

 

२. बेकीङ सोडाले ब्रस गर्ने: थोरै बेकीङ सोडाको पाउडरलाई कचौरामा राख्नुहोस्। अब थोरै मात्रा ब्रसमा लिएर दैनिक ब्रस गरे जसरी नै दाँतलाई माझ्नु होस्। यसरी ब्रस गरिसकेपछि मुखलाई राम्ररी पखाल्नुहोस्।

 

३. बेकीङ सोडा र कागतीको रस: सानो एक चम्चा बेकीङ सोडा र कागतीको रस लिने। आधा कप जति पानीमा बेकीङ सोडा र कागतीको रस मिसाउने। यी तीनओटै चिज मिक्स गरेपछि यस पानीलाई मुखमा राखेर १ वा २ मिनेटको लागि गर्गल गर्ने।

 

यस विधिलाई बिहान, दिउसो र राती गरि तीन पटक सम्म प्रयोग गर्न सक्नुहुनेछ। यसो गर्नाले तपाईंको सास गन्हाउने समस्या १ देखि २ हप्ता भित्र देखि नै कम हुँदै जान्छ र निरन्तर यस विधिलाई अपनाउनु भयो भने पूर्ण रुपमा छुटकारा पाउनु हुनेछ।

गुणकारी फल स्याउ खाने सहि समय, जुन वरदान नै सावित हुनेछ

भनिन्छ नि हरेक दिन एउटा स्याउ खायो भने डाक्टरकोमा जानु जरुरत पर्दैन अर्थात् हस्पिटल नै जानु पर्दैन । स्याउ एउटा फल मात्र नभएर कयौं रोगहरुलाई दुर राख्ने एक अचुक औषधी पनि हो। स्याउमा अनेक पोषक तत्व, भिटामिन र खनिज पाइन्छ।

 

स्याउले साना साना बिमारीलाई मात्र नभई खतरनाक रोगहरुलाई समेत निर्मुल पार्छ। आज हामी स्याउ खानुका फाइदा र यसलाई खाने सहि समयको बारेमा विस्तृत बताउन गइरहेका छौँ।

फाइदाहरु:

१. स्याउले हृदयरोगबाट बचाउँछ ।

२. हड्डीलाई मजबुत राख्न मद्धत गर्छ। स्याउ क्याल्सियमको एक स्रोत हो। यसमा एन्टीअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ। जसले हड्डीलाई बलियो बनाउन मात्र नभई हड्डी टुट्नबाट पनि बचाउंछ।

३. स्याउ खानले दम रोग लाग्दैन र लाग्न दिंदैन।

४. चम्किलो र मजबुत दाँतको लागि स्याउ एक अचुक औषधी हो। यसले पहेंलो दाँतलाई सेतो बनाउन र स्वस्थ राख्न सहयोग पुर्याउँछ।

५. स्याउले लिभरबाट विकार पदार्थहरुलाई बाहिर निकाल्न मद्धत गर्दछ ।

६. अल्जाईमर अर्थात् भुल्ने बिमारीको लागि स्याउ एक लाभदायी फल हो। यसले दिमागलाई स्वस्थ बनाई तेजिलो बनाउँछ ।

७. स्याउले शरीरको नराम्रो कोलेस्टेरोललाई कम गर्न मद्धत गर्छ।

८. क्यान्सर जस्ता खतरनाक रोग बाट बचाउछ।

९. मधुमेह रोगीका लागि स्याउले निकै फाइदा पुर्याउछ।

१०. स्याउले मोटोपन घटाउनुका साथै अनुहारको लागि एक बरदान नै सावित फल हो।

 

स्याउ खाने सहि समय: बिहानको समयमा स्याउ खाँदा असाध्यै फाइदा मिल्छ। बिहानको खाजा अथवा खाना खानु पहिले वा खाइसकेपछी स्याउ खाँदा शरीरको लागि एकदम फाइदाजनक र गुणकारी सावित हुन्छ। त्यस्तै दिउँसोको समय पनि उत्तम मानिन्छ।

 

कुन समय नखाने? रातीको समयमा स्याउ सेवन नगर्नुहोस् । राती खाना खानु भन्दा पहिले वा खाना खाइसकेपछी सकेसम्म स्याउ नखानुहोस् किन की पेटमा ग्यास भरेको जस्तो हुने र पेट भारी हुने जस्ता समस्या हुन्छ। त्यसकारण रातीको समय स्याउ खानु उचित मानिंदैन

छालामा डन्डीफोर ,कलो दागहरु छ ?यसरी बेसन लगाउनुहोस्

छालामा डन्डीफोर ,कलो दागहरु छ ?यसरी बेसन लगाउनुहोस्

बेसनको प्रयोगले छालालाई घामबाट जोगाउनुका साथै छालामा भएका दाग, डन्डिफोर पनि कम गर्छ ।

 

१. पोतो र कालो दाग हटाउनु: यसको लागि हामीलाई चाहिन्छ कागतीको रस र चिनी। एउटा सफा कचौरामा एक चम्चा चिनी र एक चम्चा कागतीको रस राख्ने र यी दुवै सामग्रीलाई मिसाउने। चिनी कागतीको रसमा घोलिसकेपछी सफा अनुहारमा यो मिक्स्चरलाई लगाउने। अनि ५ मिनेट सम्म अनुहारमा राख्ने। ५ मिनेटपछी अनुहार पखाल्ने। यो विधिलाई हप्ताको ३ पटक प्रयोग गर्नुहोस्।

 

२. बुढ्यौलीपनलाई हटाउनु: यसको लागि हामीलाई चाहिने सामाग्रीहरु चिनी, एलोवेरा जेल र दुध। एउटा सफा कचौरामा एक चम्चा चिनी, एक चम्चा एलोवेरा जेल र एक चम्चा दुध लिने र यी सामग्रीहरुलाई राम्रोसंग मिसाउने।

 

अब धोएर सफा बनाएको अनुहारमा यो मस्क लगाउने र १० मिनेटसम्म राख्ने। १० मिनेटपछि थोरै पानी राखेर अनुहारमा यस मस्क संगै एकछिन मसाज गर्ने। अनि अनुहारलाई धुने। एकदम प्रभावकारी रिजल्ट पाउनको लागि यो विधिलाई हप्तामा २ पटक दोहोर्याउनुहोस्।

 

३. घामले डढेको छालालाई हटाउनु: यसको लागि हामीलाई चाहिने सामाग्रीहरु चिनी, गोलभेंडाको जुस र बेसन। एउटा सफा कचौरामा एक चम्चा चिनी, एक चम्चा गोलभेंडाको जुस र एक चम्चा बेसन लिने र यी सामग्रीहरुलाई राम्ररी मिसाउने।

 

अब यो प्याकलाई सफा अनुहारमा लगाउने र करिब १० मिनेटसम्म राख्ने। लगाएको १० मिनेट पछी चिसो पानीले धुने। यो विधिलाई हप्तामा ३ पटक प्रयोग गर्नुहोस् जसले घामले डढेको छालालाई गोरो र चम्किलो बनाउँछ।

 

४. कालो ओंठलाई गुलाबी बनाउनु: यसको लागि हामीलाई चाहिने सामाग्रीहरु चिनी, ओलिव ओइल र कागतीको रस। अब एक चम्चा चिनी, एक चम्चा ओलिव ओइल र एक चम्चा कागतीको जुस लिने र मज्जाले मिसाउने। यस मिक्स्चरलाई ओंठमा लगाउने र १० मिनेटसम्म छोड्ने। त्यसपछि पानीले पखाल्ने। यो विधिलाई १० दिनसम्म निरन्तर प्रयोग गर्नुहोस्। जसले कालो ओंठलाई गुलाबी बनाउन मद्धत गर्दछ।

 

५. अनुहारमा लगाउने स्क्रब: यसको लागि हामीलाई चाहिन्छ चिनी, चामलको पिठो र दुध। एउटा सफा कचौरामा एक चम्चा चिनी, एक चम्चा चामलको पिठो र एक चम्चा दुध राख्ने र यी सामग्रीहरुलाई राम्ररी मिसाउने। अब सफा अनुहारलाई यो स्क्रब लगाउने र विस्तारै ५ मिनेट सम्मको लागि मसाज गर्ने।

 

त्यसपछि अनुहारलाई यो पेस्टलाई सुक्न दिने। सुकेपछि अनुहारलाई चिसो पानीले पखाल्ने। यसो गर्नले अनुहारमा दबिएर रहेको फोहोरलाई बाहिर निकाल्ने काम गर्छ र अनुहारलाई चम्किलो र गोरो बनाउँन मद्धत गर्छ। एजेन्सी

 

-सुक्खा तथा तैलीय छालाका लागि बेसन लाभदायक हुन्छ । तैलीय छाला हुनेहरूले बेसनमा गुलाब जल र दही मिसाएर लगाउने अनि १ घण्टापछि सफा पानीले अनुहार धुने । अनुहार नरम, सफा तथा चम्किलो देखिन्छ ।

 

-सुक्खा छालाका लागि बेसनमा दूध, मह तथा एक चिम्टी बेसार मिसाइएको पेस्ट लगाउँदा छाला नरम हुन्छ ।

 

-बेसनमा काँक्राको रस तथा गुलाब जल मिसाएर छालामा लगाउँदा छाला सफा तथा स्वस्थ हुनुका साथै चाउरी पनि कम हुन्छ ।

 

-बेसनमा कागती, दही तथा बेसार मिसाएर छालामा लगाई २० मिनेटपछि चिसो पानीले धुने । यसबाट छालामा चमक पैदा हुनुका साथै घामको दुष्प्रभावबाट पनि मुक्ति मिल्छ ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका