गृहमन्त्री कड्किएपछि प्रहरी इञ्चार्ज फेरबदल



हाम्रो इकोनोमि

 

 

उपत्यकामा एकपछि अर्को गर्दै प्रहरी अधिकारीहरु घुसकाण्डमा पक्राउ पर्न थालेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रुष्ट बनेका छन् ।

शनिबार राति कार्यकक्षबाटै महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख डिएसपी श्यामकुमार राई १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेपछि बादल उपत्यकाका प्रहरी अधिकारीहरुप्रति रुष्ट बनेका हुन् ।

राई अख्तियारको फन्दामा परेलगत्तै थापाले आइतबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामा, ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुक र भक्तपुर प्रहरी प्रमुख एसपी हिमालय श्रेष्ठलाई कार्यकक्षमै बोलाएर प्रहरीभित्र भइरहेको गतिविधिबारे सोधपुछ गरेका छन् ।

 

उनले ३० भदौमा कोटेश्वरबाट बालुवा तस्करसँग घुस लिँदै गर्दा ९ जना प्रहरी अधिकारी पक्राउ परेको प्रसंग समेत निकालेर अधिकारीहरुको भूमिकामाथि प्रश्न गरेका थिए ।

‘एकपछि अर्को गर्दै प्रहरी अधिकारीहरु घुससहित पक्राउ परिरहेका छन् । के भइरहेको छ यो रु’, गृहमन्त्रीले आक्रोश व्यक्ति गर्दै अधिकारीहरुलाई भनेका छन्, ‘यस्ता कुराहरु तत्काल सच्याइनु पर्‍यो ।’

एक उच्च प्रहरी अधिकारीका अनुसार गृहमन्त्रीले ‘बाटो क्लीयर गर्नू’ भनि बताएको जानकारी दिए ।

३ डिएसपीको पोस्टिङ

गृहमन्त्रीसँगको भेट लगत्तै उपत्यकाका केही विवादित प्रहरी इञ्चार्जहरु फेरबदल गर्ने तयारीमा प्रहरी प्रधान कार्यालय जुटेको स्रोतले अनलाइनखबरलाई बतायो ।

त्यस क्रममा सोमबार बौद्ध वृत्तमा डिएसपी नरेन्द्र चन्दलाई पठाइएको छ भने थानकोट वृत्तमा डीएसपी कुमारविक्रम थापालाई खटाइएको छ ।

केन्द्रीय प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीका अनुसार सातदोबाटो वृत्तमा भने डिएसपी गौतम मिश्रलाई पठाउने पठाइएको छ ।

थानकोटका डिएसपी नवरत्न पौडेल यूएन मिशनमा जाने भएका थिए भने सातदोबाटो वृत्तका डिएसपी विनोद सिलवालको प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...