चाडपर्वमा नारायणगढ-मुग्लिन सडक सहज



हाम्रो इकोनोमि

 

 

विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडक खण्ड यस वर्ष सहज हुने भएको छ ।

 

गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठ जस्ता पर्वमा राजधानी बाहिरिने यात्रुले दुःख पाएका थिए । त्यसअघिका वर्षमा साँघुरो र भत्किएको सडकका कारण यात्रुले सास्ती पाएका थिए ।

 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सडक विस्तारको काम सम्पन्न भएकाले अब यात्रुले सो सडक एक घण्टाभित्रमा पार गर्न सक्नेछन् । सडक नौ मिटरदेखि ११ मिटर चौडा रहेको छ ।

 

सडकका १८ ठाउँमा ५.५ मिटरदेखि छ मिटर चौडा पुल रहेका छन् । तीन ठाउँमा सडक भाँसिएको छ । ती ठाउँमा सडक साँघुरा भए पनि सवारी आवागमनमा खासै समस्या नभएको खनालले बताए ।

 

भदौ २६ गते करीब ११ घण्टा पहिराले सडक अवरुद्ध पारेको थियो । त्यसयता पहिरो नखसेको खनाल बताउँछन् । सडकका पुलको मुखमा गति रोक्ने संरचना बनाइएको छ । ती संरचना बनाएसँगै दुर्घटनामा समेत कमी आएको बताइएको छ ।

 

सो सडक ३९ महीनामा निर्माण सम्पन्न भएको हो । शुरुमा दुई अर्ब ९० करोडमा ठेक्का दिइएको भए पनि पहिरो, समय थप, काम वृद्धि लगायतका कारण लागत रकम तीन अर्ब २७ करोड पुगेको उनले बताए । सो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी आवागमन गर्ने गर्दछन् । चाडपर्वका बेला यो संख्या थपिने गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...