प्रेम गरेको भन्दै १४ वर्षीया किशोरी घर निकाला



हाम्रो इकोनोमि

 

 

सप्तरीकी एक किशोरी बुवाआमाबाटै घरबाट निकालिएकी छन्। छिमेकी एक किशोरसँग प्रेम गरेको आरोपमा खडग नगरपालिका- १० डंगराहीकी १४ वर्षीया किशोरी घरबाट निकालिएकी हुन्।

 

 

घरबाट निकालिएकी किशोरीलाई उनका बुवाआमा र आफन्तले गत साउन २९ गते उनीसँग मिल्ने केटा साथीको घरमा लगेर जबरजस्ती राखेका छन्। एउटै विद्यालयमा पढ्ने १७ वर्षीय एक किशोरसँग हिमचिम बढेको देखेपछि प्रेम गरेको आरोप लगाउँदै बुवाआमा र आफन्तले साथीको घरमा लगेर राखिदिएको बालिकाले बताइन्। बालिकाले भनिन,’ महेन्द्र माविमा पढन जाँदा र घर फर्किदा सँगै जाने आउने र बोलचाल गरेकै कारण प्रेम गरेको आरोप लगाएर बुवाआमाले जबरजस्ती साथीको जिम्मा लगाएर हिँडे।’

 

ट्याक्टर चलाएर जिविकोपार्जन गरिरहेका बालिकाका बुवाले एक वर्षअघि कान्छी श्रीमती भित्र्याएपछि घरको सबै कामधन्दा सकेर स्कुल भ्याउँदा पनि माया नपाएको उनले बताइन्। उनका अनुसार आफूहरुको विवाह गर्ने उमेर नै भएको छैन्, तर सँगै विद्यालय जाने आउने गरेकै कारण बुवाले घर निकाला गरि दिए।

 

‘घरमा आफूसहित चार छोरी मात्र भएकाले मलाई जबरजस्ती अर्काको टाँसो लगाइ दिनु भएको हो।’ उनले थपिन, ‘आफूलाई जन्मदिने बुवाआमाले छोरीमाथि विश्वासै नगरी इच्छाविपरित अर्काको घरमा छाडेर जान्छन् भन्ने मैले कल्पनासमेत गरेकी थिइनँ।’

करिब दुई महिनादेखि विस्थापित किशोरीको पढाइ छुटेको छ भने परिवारका साथ बस्न पाउने मौलिक हकबाट समेत बञ्चित भएकी छन्। मानसिकरुपले विक्षिप्त बन्दै गएकी किशोरीलाई जबरजस्ती बालिकाकाका बुवाआमाले अर्काको घरमा छोडिदिएपछि बालिका घरको न घाटको भएकी छन्।

 

विवाह गर्न दबाब दिँदै किशोरीलाई घरमा छाडेर हिंडेपछि आफ्नो छोरा समेत घर छाडेर वेपत्ता भएको किशोरको आमाले बताइन्।आवश्यक कारबाहीका लागि बालिका र किशोरकी आमाले भदौ १ गते नै इलाका प्रहरी कार्यालय र खडग नगरपालिकाको न्यायिक समितिमा छुटाछुट्टै निवेदन समेत दिएका छन्।

 

नाबालकको हैसियतले परिवारको साथमा बस्न पाउने, पढन ,लेख्न पाउने नैसर्गिक र मौलिक अधिकार खोसिएको भन्दै बालिका स्वयंले घरपरिवारका साथमा बसेर पालनपोषण, शिक्षा दिक्षा पाउँ भनी निवेदन दिएकी छन्। निवेदनमाथि छलफल भएपनि सम्बन्धित निकायले आवश्यक पहल नगरिदिँदा किशोरी घर फर्किन पाएकी छैनन्।

 

आफ्नो भविष्य बारे सोच्न नसकेकी बालिकाले आफ्नै बुवाआमा बैरी बनेकोमा दु:ख व्यक्त गरिन्। प्रहरी र न्यायिक समिति एकले अर्कोलाई जिम्मेवारी पन्छाउँदै कुनै निर्णय नगर्दा बालिकाको जीवन संकटमा परेको स्थानीय जयप्रकाश चौधरीले बताए ।

 

इलाका प्रहरी कार्यालय र न्यायिक समिति लामो समयसम्म निर्णयबिहीन भएपछि स्थानीय समाजसेवी र लैङ्गिक हिंसा नियन्त्रण सञ्जालका पदाधिकारीसहित राजविराज आएकी किशोरीले जिल्ला प्रहरी कार्यालयका प्रमुख राजेन्द्र विष्ट र डिएसपी भावेश रिमालसँग भेटेर न्यायका लागि गुहार मागेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...