गाईपालनबाट पचास हजार आम्दानी
रामपुर नगरपालिका–७, मलेङ्गका नारायणप्रसाद भट्टराईले रु एक लाख ऋण लिई शुरु गर्नुभएको गाईपालनबाट अहिले मासिक रु ४० देखि रु ५० हजारसम्म आम्दानी गरिरहनु भएको छ ।
अहिले भट्टराईको फार्ममा १३ गाई छन् ।
दैनिक ४० लिटर दूध उत्पादन हुन्छ ।
दुई वर्ष मलेसिया, तीन वर्ष युनाइटेड अरब इमिरेटस् (युएइ) तथा एक वर्ष कतारमा काम गर्नु भएका भट्टराई गाईपालनको कमाइले सन्तुष्ट हुनुहुन्छ ।
पाँच वर्ष अघि अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाबाट उहाँले रु एक लाख ऋण लिनुभएको हो ।
उहाँले एउटा उन्नत जातको गाई खरीद गरी गाईपालनमा हात हाल्नु भएको हो ।
“तीन वर्षमा पूरै सावा ब्याज फिर्ता गरेँ,” उहाँँले भन्नुभयो ।
भट्टराईले रु १८ हजारमा गाई खरीद गरी गाईपालन थाल्नु भएको हो ।
दूध बेचेको कमाइले फार्म निर्माण गर्नुभएको हो ।
दूध बिक्रीको कमाइबाट उहाँले छोराछोरी पढाउँदै आउनुभएको छ ।
भट्टराईले प्रविणता प्रमाणपत्र तह तथा उहाँका श्रीमती यमुना न्यौपानेले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।
“विदेशमा भन्दा स्वदेशमै बसेर काम गर्दा मनग्य आम्दानी गर्न सकिन्छ,” यमुनाले भन्नुभयो ।
भट्टराई दम्पतीलाई सधैँ दूध ढुवानीको समस्या हुन्छ ।
“ किसान आफैले डेरीसम्म दूध ढुवानी गर्नुपर्ने बाध्यता छ । दूधको उचित मूल्य पाउन समस्या छ,” उहाँले भन्नुभयो
घाँस, दाना, पानी र औषधि उपचारमा सधँै समस्या हुने गरेको छ ।