एक किन्नरसँग विवाह गर्ने पूरुषको कहानीः ‘म केवल पैसाको लागि छु, जब बुढ्यौली आउँछ….’



 

 

 

मेरा साथी भाइ आफन्तहरु यही सोच्छन् कि म केवल पैसाको लागि निशासँग छु, ऊ पैसा कमाउँछे म खर्च गर्छु । आम मानिसलाई पनि यही लाग्छ कि किन्नर पैसावाल हुन्छन् । उनीहरु सौखले रहन्छन् । उनीहरुसँग टन्नै पैसा हुन्छ । र पारिवारिक जिम्मेवारी केही पनि हुँदैन ।

 

तर यो सबै मानिसहरुको गलतफेमी हो । यो एक अधुरो कहानी हो । म र निशा दस बाई दस फुटको कोठामा बस्छौँ । राती जब कोठामा हल्का रोशनी हुन्छ, तब मलाई त्यसको केशरी रंग मनपर्छ ।

 

हामीसँग एक ढोलक छ, एक बिस्तरा र कुनामा एक दुर्गा माताको मूर्ति । निशा सधैँ दुर्गाको पूजा गर्छिन् । निशा भन्छिन् कि जब हामी सम्बन्धको बारेमा आफ्नो परिवारलाई नै सम्झाउन सकेनौँ त दुनियाँलाई यस बारेमा सम्झाएर के बद्लिन्छ ?

 

त्यसैले घरको बारेमा उनी बाहिरका मानिससँग कम नै बोल्छिन् । निशा कुनै हिरोइन भन्दा कम लाग्दिनने मलाई । ठूला–ठूला आँखा । सफा रंग । अनि निधारमा ठूलो बिन्दी लगाउने उनको ठूलो शौख छ । हामी दुईको कहानी १२ वर्ष पहिले एक दोस्तीबाट सुरु भयो ।

 

पहिले निशाको नाम प्रवीण थियो । हामी एउटै महलमा रहन्थ्यौँ । जब प्रवीणसँग पहिलो पटक मिलेँ, तब ऊ दश कक्षामा थियो । मैँले छ कक्षापछि पढाइ छोडेको थिएँ । आमा, बुबा, दाईले निकै सम्झाएका थिए कि म स्कूल जाउँ । तर त्यस समयमा आमी आफूलाई हिरो सम्झिन्थ्यौँ ।

 

आज म भलै त्यसलाई खराब संगत भनौँ, तर जोसँग म उठ बस गरिरहेको थिएँ, उनीहरुको असर मलाई धेरै नै थियो । उनीहरुसँगै मिलेर मैँले विवाहको घरमा गएर घोडी, टप्पे बन्न र लोकगीत गाउने काम शुरु गरेको थिएँ । १६ वर्षको उमेरमा म आफ्नो खर्च आफैँ उठाउन लायक भएको थिएँ । उता प्रवीण १२ कक्षामा आएको थियो ।

 

हामी दुई नाबालग थियौँ । र लब रिलेशनमा थियौँ । उनी केटी हुन् या केटा, यो कुराले मलाई कहिल्यै फरक परेन ।उनी राम्री हुनु या केटी जस्तो देखिनु, मेरो लागि कुनै महत्व थिएन । केवल जब म र प्रवीण मिलेका थियौँ, तब उनी केटा जसरी नै सर्ट पेइन्ट लगाउँथ्यो ।

 

कुनै केटीको साथ रिलेशनमा हुँदा कस्तो हुन्छ, यो पनि मलाई यसरी थाहा भयो कि, प्रवीणसँग मिल्नु भन्दा पहिले म एक केटीसँग दुई वर्ष रिलेशनमा थिएँ । उनी म भन्दा ८ वर्ष जेठी थिइन् । पछि उसको विवाह भयो ।

 

तर प्रवीणसँग साथ हुँदा मलाई सधैँ राम्रो लाग्थ्यो । घरमा म पति हूँ र उनी ऊ पत्नी । किनकी प्रवीणको फिलिङ्स शुरुवातदेखि नै केटीको जस्तो थियो ।

 

उसलाई मेकअप गर्ने सौख थियो । १२ कक्षामा नै उसले आफ्नो कान छेडेको थियो र कपाल बढाउन सुरु गरेको थियो । यहाँसम्म कुनै समस्या थिएन ।

 

तर जब प्रवीणको घरमा थाहा भयो कि ऊ छोरा होइन र ऊ मसँग रिलेशनमा छ । तब उनीहरुले डोरीले बाँधेर उसलाई पिटे । यस्तो एकपटक मात्र भएन । उनीहरुले प्रवीणलाई घरबाट त निकालेनन् तर उसलाई छतमा बनेको एउटा कोठामा बस्न दिए तर त्यहाँ पानी र बिजुली बन्द गरिदिए ।

 

ऊ पढाइ गर्न सकोस् भनेर मैँले एउटा ब्याट्रीको व्यवस्था गरेको थिएँ । मलाई लाग्छ कि त्यस समय जुन समस्या थियो, त्यससँग हामी सँगै लड्यौँ, जसकारण हाम्रो सम्बन्ध अझै मजबूत भयो ।

 

मलाई खुशी लाग्छ कि प्रवीण म भन्दा पढे लेखेको छ । मेरी आमा भन्थिन् कि पढ्दा लेख्दा दूनियाँ बदलिन्छ । तर प्रवीणको दूनियाँ बद्लिएन । ‘किन्नरलाई जागीर दिँदैनौँ’ । यसै भनेर प्रवीणलाई काम दिन कोही मान्दैनथे । यसै कारण प्रवीणले किन्नर समूहमा सामेल हुने फैला गरेको थियो । हामीसँग अरु कुनै विकल्प थिएन ।

 

म जान्दथेँ कि किन्नरको समूह जोइन गर्नु भनेको विवाह र दूनियाँको खुशीको मौकामा गीत गाएर पैसा माग्न । मलाई आज पनि याद छ त्यो दिन, जब मैँले पहिलो पटक निशा (प्रवीण) ले गल्लीमा ताली बजाएको थियो । मलाई निकै दुःख लागेको थियो ।

 

दूनियाँले, उसको घरपरिवारले उसलाई त्यसै स्वीकार गरेको भए, उसलाई थोरै मद्दत गरेको भए आज उनी अरु नै केही गरिरहेकी हुन्थिन् होली । उसलाई बाध्यताले यस्तो पेशामा आउनै पर्दैनथ्यो ।

 

निशाको साथ जे भयो, त्यसलाई लिएर मलाई शुरुमा थोरै रिस उठिरहेको थियो । तर उसको कामलाई लिएर मलाई कहिल्यै लज्जा महशुस भएन । किनकी उनी खुशी थिइन् । हामी खुशी थियौँ । किन्नर समूहका मुखियाले प्रवीणको नाम बद्लिएर निशा राखिदिएका थिए । मैँले यी सबैमा साथ दिएँ तर उसको दाजु भाइ र उसको बाबुले उसलाई धेरै पटक पिटे ।

 

निशाको घरको माहोल यति खराब भइसकेको थियो कि जब उसको आमाको मृत्यु भयो तब परिवारले उसलाई मुंडन गर्न भने तर निशाले साफ मनाही गरिन् ।

 

निशाकी आमाको मृत्यु भएको केही दिनपछि उसले विवाह गरिन् । हाम्रौ विवाह भएको लगभग १० वर्ष भयो । एक पटक हामीले सरकारी कार्यालयमा गएर सानोबुवालाई विवाह दर्ता गर्ने विषयमा सोधेका थियौँ । उनी बोले, ‘हिँजडाको विवाह रजिस्टर हुँदैन ।’

 

कसैले बताए कि निशाको सेक्स परिवर्तन अपरेशन गराउँदा विवाह दर्ता हुन सक्छ । तर यो सब गराउन हामीलाई आवश्यक परेन । त्यसैले हाम्रो विवाहको कुनै कागजपत्र वा मान्यता छैन । यस्तो सम्बन्ध बनाउने हामी एक्लो थिएनौँ । निशाको समूहमा करिब २५ किन्नर यस्तै थिए जसले पुरुषसँग विवाह गरेका थिए ।

 

यी २५ मध्ये १० जना पुरुष यस्तै थिए कि जसको विवाह महिलासँग भयो, उनीहरुको परिवार छन् । बच्चा पनि । तर उनीहरु सप्ताहमा दुई दिन आफ्नो किन्नर पार्टनरको साथ रहन्थे ।

 

निशा र मेरो सम्बन्ध पहिले नै तय भएको थियो कि पति म हुँ र निशा मेरी पत्नी । उनी मेरो लागि करवा चौथको व्रत पनि राख्थिन् । तैयार हुन्छिन् र मसँग सोध्छिन् कि उनी कस्ती देखिएकि छिन् ।

 

तर हाम्रो यहाँ यस्तो छैन कि घरमा मर्द मै हुँ त मेरो नै चल्छ । हरेक छ महिनामा किन्नर समूहका एक सदस्य पार्टी गर्थे । यसमा सबै किन्नर आफ्नो पतिका साथ आउँथे ।

 

निशा र मलाई पार्टी एकदमै मन पथ्र्यो । यस्ता पार्टीमा सबै जमेर नाच्छन् र धेरै खानपिन गर्छन् । मलाई पार्टी यसकारण मन पर्छ कि यसमा निशा एक किन्नर जसरी होइन, कि एक महिला जसरी प्रकट हुन्थिन् ।

 

कयौँ पटक किन्नर, केटाको पनि छोड्दिन्छन् तर निशा यस्ता पार्टीमा या कतै घुम्न जाँदा यो ख्याल राख्छिन् कि उनी मेरो सामू ताली न पिटुन् । गाली नदिउन् अनि किन्नरका लवजमा दूनियाँसँग ठूलो आवाजमा कुरा न गरुँ । उनी सायद मसँग लजाउँछिन् । यो मलाई राम्रो लाग्छ ।

निशामा पुरुषवाला तागत पनि छ । घरमा जब मजाकमा हामी दुईमा हातपात हुन्छ तब उसलाई हराउन त्यति सजिलो हुँदैन । पहिले मेरो धेरै साथी थिए । तर अब सबै छुटे किनकि उनीहरु मलाई किन्नरसँग दोस्ती गराउन भन्थे । उनीहरुको दिमागमा सिर्फ सेक्स नै सिमित थियो । उनीहरु न त किन्नरलाई लिएर गम्भीर थिए, नत मेरो सोच सम्झन्थे ।

निशाको समूहकी मूखिया मलाई आफ्नो ज्वाईँलाई जस्तै इज्जत दिन्थिन् ।निशाले विवाह भन्दा पहिले घर छोडेकी थिइन् । घर छोडेको लगभग १० वर्ष भयो । उनले अहिलेसम्म घरपरिवारसँग कुरा गरेकी छैनन् । उनी आफ्नो भाइ र बुवाको अनुहार सम्म हेर्न चाहँदिनन् । उनलाई लाग्छ कि उनी किन्नर हुन त उसको बाबुको सम्पतिमा पनि उसको कुनै अधिकार छैन ।

मेरो घरमा पनि सबैजसो मसँग कुरा गर्दैनन् । हाम्रो अधिकांश नातेदारले भन्छन् कि उनीहरु मसँग तब मिल्छन् जब म निशालाई छोड्छु । त्यसैले मैँले नातेदारलाई नै छोडिदिएँ ।

मानौँ कि बितेका दुई वर्षमा परिवारका सदस्यले यो दबाब बढाए कि म कुनै केटीसँग विवाह गरुँ । उनीहरुलाई यो लाग्छ कि मेरो राय बद्लिन्छ ।

उनीहरुले विवाहका लागि तीन जना केटीको प्रस्ताव ल्याइसके । तर मेरो शर्त थियो कि म विवाहपछि पनि निशाको साथ छोड्दिन । यो कुरा उनीहरुलाई आलटाल गर्नका लागि भन्छु ।

त्यहीँ पनि विवाहको कुरा हुँदा निशाको डर बढ्छ कि कहीँ म उसलाई छोडेर नजाऊँ । यही डरमा उनी मलाई फेसबुक र ह्वाट्सयाप प्रयोग गर्न रोक्छिन् । ताकि अरु केटीको चक्करमा म न परुँ म यो कुरामा धेरै हाँस्छु ।

मेरी आमा आफ्नो अन्तिम दिनमा भन्ने गर्थिन्– ‘छोरा यो चक्करमा नपर । जवानीसँगै सबै जान्छ । घर महिलाबाटै चल्छ । तँ सबैभन्दा सानो छस् । म मरेपछि तँलाई कसैले सोध्दैनन् ।’

अब आमाको कुरा सही लाग्दैन । हुन त त्यही समय मैँले भनेको थिएँ ‘आमा यो दिल लागेको छ, छुट्दैन’ । आमाको मृत्युपश्चात् घरमा कसैले मसँग सिधा मुखले कुरा समेत गरेका छैनन् । उनीहरु ‘जब बुढापा आउँछ, जीवन मुश्किल हुन्छ’ भन्दै मलाई डराउँथे ।

म माया गर्छु निशालाई । साँचो माया । म यसैको साथमा पुरा जीवन बिताइदिन्छु । मलाई यो सँग मतलब छैन कि ऊ केटा होस्, केटी होस् या किन्नर । यो सँग मेरो दिल मिल्छ । बस यही हो ।

मेरो मात्र दुई इच्छा छ । एक, यो कोठा भन्दा अलि ठुलो घर किन्नु छ जहाँ हामी सहि तरिकाले रहन सकुँ ।

दोस्रो, एक बच्चा गोद लिएर उसको विवाह गर्नु । मैँले आफ्नो विवाहमा केही खर्च गर्न पाइनँ । जन्ती पनि देखिनँ । भोज पनि गर्न पाइनँ ।

निशा कुनै बच्चाको गोद लिन डराउँछिन् । उसलाई लाग्छ कि कुनै बच्चाको आफ्नो जीवनमा ल्याउन सजिलो छैन ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका