बाँदरलार्इ गाडी चलाउन दिदा चालकको जागिर चट्



हाम्रो इकोनोमि

 

 

एकजना बसचालकले बाँदरलाई बस चलाउन दिएपछि आफ्नो जागिर गुमाएका छन् । तर अचम्म त के भने बाँदरलाई बस चलाउन दिएकोप्रति दक्षिण भारतीय राज्य कर्णाटकाको उक्त बसमा सवार ३० मध्ये एकजना यात्रुले पनि गुनासो गरेका थिएनन् । यो खबर भारतको हो ।

जब उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो तब उक्त चालकका रोजगार कम्पनीले कारबाही गर्‍यो।

सो कम्पनीका प्रवक्ताले भने, “बाँदरलाई चलाउन दिएर यात्रुहरूको सुरक्षामा कुनै खतरा पुर्‍याउन पाइँदैन।”

तर इन्टरनेट प्रयोगकर्ताहरूमध्ये कतिपयलाई भने सो निर्णय अप्रिय लागेको छ।

लङ्गुर बाँदरलाई बस चलाउन दिएकोप्रति टिप्पणी गर्दै एक पराग हेदाले ट्विटमा भनेका छन्, “किन जागिरबाट निलम्बन गर्नु? बरू आइन्दा त्यसो नगर भनेर छाडेको भए हुन्थ्यो।”

राज्य सरकारको यातायात निकायका अनुसार सो घटना सोमवार भएको हो।

प्रत्यक्षदर्शीहरू भन्छन्, सो बाँदर अन्य एक यात्रुसँगै बस चढेको थियो। त्यसले चालककै सिटमा बस्न रुचायो।

एम प्रकाश नाम गरेका ती चालक बाँदरले स्टेरिङ ह्वील समाउँदा चिन्तित देखिएन।

तर खासमा उनले आफ्नो एक हात भने स्टेरिङ ह्वीलमा राखिरहेका थिए।

विवरणहरूका अनुसार अन्तत: उक्त बाँदर आफ्नो गन्तव्यमा पुगेपछि ओर्लियो र बाँकी यात्रा उनै चालकको जिम्मा छाडिदियो। बीबीसी

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...