बाँदरलार्इ गाडी चलाउन दिदा चालकको जागिर चट्



हाम्रो इकोनोमि

 

 

एकजना बसचालकले बाँदरलाई बस चलाउन दिएपछि आफ्नो जागिर गुमाएका छन् । तर अचम्म त के भने बाँदरलाई बस चलाउन दिएकोप्रति दक्षिण भारतीय राज्य कर्णाटकाको उक्त बसमा सवार ३० मध्ये एकजना यात्रुले पनि गुनासो गरेका थिएनन् । यो खबर भारतको हो ।

जब उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो तब उक्त चालकका रोजगार कम्पनीले कारबाही गर्‍यो।

सो कम्पनीका प्रवक्ताले भने, “बाँदरलाई चलाउन दिएर यात्रुहरूको सुरक्षामा कुनै खतरा पुर्‍याउन पाइँदैन।”

तर इन्टरनेट प्रयोगकर्ताहरूमध्ये कतिपयलाई भने सो निर्णय अप्रिय लागेको छ।

लङ्गुर बाँदरलाई बस चलाउन दिएकोप्रति टिप्पणी गर्दै एक पराग हेदाले ट्विटमा भनेका छन्, “किन जागिरबाट निलम्बन गर्नु? बरू आइन्दा त्यसो नगर भनेर छाडेको भए हुन्थ्यो।”

राज्य सरकारको यातायात निकायका अनुसार सो घटना सोमवार भएको हो।

प्रत्यक्षदर्शीहरू भन्छन्, सो बाँदर अन्य एक यात्रुसँगै बस चढेको थियो। त्यसले चालककै सिटमा बस्न रुचायो।

एम प्रकाश नाम गरेका ती चालक बाँदरले स्टेरिङ ह्वील समाउँदा चिन्तित देखिएन।

तर खासमा उनले आफ्नो एक हात भने स्टेरिङ ह्वीलमा राखिरहेका थिए।

विवरणहरूका अनुसार अन्तत: उक्त बाँदर आफ्नो गन्तव्यमा पुगेपछि ओर्लियो र बाँकी यात्रा उनै चालकको जिम्मा छाडिदियो। बीबीसी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...