तनहुँमा तीन महीनामा चार महोत्सव



हाम्रो इकोनोमि

 

जिल्लामा तीन महीनाको अवधिमा चार महोत्सव सञ्चालन हुने भएको छ ।
असोज, कात्तिक र मङ्सिर महीनामा जिल्लाका विभिन्न स्थानमा महोत्सव हुन लागेको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा गत शुक्रबारदेखि प्रथम लायन्स महोत्सव शुरु भइसकेको छ । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनको आयोजनामा सञ्चालित महोत्सव असोज २७ गतेसम्म चल्नेछ ।

सामाजिक सेवामा क्रियाशील क्लबले सामाजिक क्षेत्रकै विकासका लागि र पर्यटकीयस्थलको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरेको क्लबका अध्यक्ष प्रदीप थापाले बताउनुभयो । त्यसैगरी शुक्लागण्डकी नगरपालिका–६ स्थित तीनखोले देवी मन्दिरमा असोज २४ गतेदेखि ३० गतेसम्म धार्मिक महोत्सव हुने भएको छ ।
तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समितिको आयोजनामा धार्मिक महोत्सव हुन लागेको हो । समितिका अध्यक्ष श्रीराम अधिकारीले तीनखोले देवीको प्रचारप्रसार गर्ने र मन्दिर क्षेत्रको बृहत्तर विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताउनुभयो ।

तनहुँ उद्योग वाणिज्य सङ्घ भिमाद बजार एकाइले भिमाद नगरपालिका–६ मा कात्तिक २९ गतेदेखि मङ्सिर ११ गतेसम्म दोस्रो भिमाद महोत्सव गर्न लागेको छ । यस क्षेत्रको पर्यटकीय, धार्मिक, सांस्कृतिक क्षेत्रको उजागर गर्दै स्थानीय कला, संस्कृतिको संरक्षणका लागि महोत्सव गर्न लागिएको एकाइ सभापति चतुर्भुज सुवेदीले बताउनुभयो ।

त्यसैगरी कात्तिक ३० गतेदेखि मङ्सिर ११ गतेसम्म नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले दमौलीमा तेस्रो आदिवासी सांस्कृतिक महोत्सव गर्ने भएको छ । आदिवासी जनजातिको भाषा, संस्कृति र रीतिरिवाज उजागर गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको परिषद्का अध्यक्ष वसुन्धरा घर्तीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...