नेपालमा पेट्रोल उत्खनन् गर्दा भारत र पाकिस्तानमा सुक्ने खतरा, दुवै देश चिन्तित



 

पहिलोपटक प्रधानमन्त्री बन्दा केपी शर्मा ओलीले देशमा दुई वर्षभित्र पेट्रोल निकाल्ने भाषण गरेका थिए। उनले पेट्रोल निकाल्छु भनेको अवधि पूरा भइसकेको छ। तर, पेट्रोल निकाल्न परै जाओस् अन्वेषण गर्ने सम्झौता अझै कार्यान्वयन भएको छैन।

 

नेपाल—चीनबीच नेपालमा पेट्रोलियम पदार्थ र ग्यास अन्वेषण गर्नेबारे भएको सम्झौता कार्यान्वयनमा अन्योल उत्पन्न भएको छ। भूसामरिक कारणले पेट्रोल अन्वेषण समस्यामा परेको हो।

 

नेपालमा पेट्रोलियम पदार्थको खानी भएको सम्भावित क्षेत्रमा पूर्व र पश्चिमको चुरे र तराई क्षेत्र हुन्। छिमेकी भारतले चीनबाट हुनसक्ने अन्वेषणमा प्रश्न उठाउन सक्ने भएकाले अन्वेषणमा अन्योल बढेको छ। अन्वेषणका लागि प्रयोग हुने प्रविधि सुरक्षाका दृष्टिले संवेदनशील हुन्छन्। भारतले सीमानजिक प्रयोग हुने यस्ता उपकरणबारे आपत्ति जनाउन सक्छ।

 

पेट्रोलियम अन्वेषणका लागि हेलिकप्टरसमेत प्रयोग गर्नुपर्ने हुनसक्छ। त्यस्तो अवस्थामा छिमेकको चासो हुनसक्ने एक खानीविज्ञले नागरिकलाई बताए। सीमा नजिक अन्वेषणका लागि हेलिकोप्टर उडाउँदा भारतको स्वीकृति लिनुपर्ने अवस्था आउनेछ। यस्तो अवस्था बुझेर चिनियाँ पक्षले काममा ढिलाइ गरिरहेको बुझिएको छ।

 

पेट्रोलको खानी एउटै क्षेत्रमा भएको तथा आसाममा भारतले र पाकिस्तानले पोथोरामा निकालिरहेको पेट्रोलको खाडलको क्षेत्र एउटै परेको भूगर्भविद् प्राध्यापक लालुप्रसाद पौडेल बताउँछन्।

 

एउटा क्षेत्रमा निकाल्दा अर्को क्षेत्रमा सुक्ने सम्भावनाका कारण भारत र पाकिस्तान दुवै नेपालमा पेट्रोलियम पदार्थ निकाल्ने पहलको विपक्षमा जान सक्छन्। यिनै विषयका कारण पेट्रोलियम अन्वेषणमा भएका सहमति र सम्झौता कार्यान्वयन अन्योलमा परेको हो। यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

 

नेपाल पुलिसको बहादुरी , अपराधीलाई भारतमै गएर यसरी समात्यो !! भारतभर भयो यस्तो हंगामा

नेपाल प्रहरीले भारतको उत्तरप्रदेशको राजधानी लखनउबाट एक सुनचाँदि व्यवसायीलाई अपहरणको शैलीमा पक्राउ गरेको भन्दै उत्तरप्रदेश सरकार नेपालसँग असन्तुष्ट भएको छ।

 

२८ सेप्टेम्बरमा राजधानी लखनउको मडियाव थाना क्षेत्रबाट एक सुन व्यवसायी अपहरणमा परेका थिए। उनको उत्तरप्रदेश प्रहरीले किडन्यापिङ मुद्दामा सो विषयलाई दर्ता गराएको थियो।

 

तर पछि यो अपहरण नभई एउटा छुट्टै विषयमा नेपाल प्रहरीले उनलाई पक्राउ गरेर लगेको विषय बाहिर आएपछि भने उत्तर प्रदेशका उच्च सुरक्षा अधिकारी र अन्य सरोकार वालाहरु समेत अचम्ममा परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

 

नेपालमा एक सामुहिक हत्याकाण्डको मामलामा नेपाल प्रहरीले ती व्यापारीलाई अनुसन्धानको लागि पक्राउ गरेको भारतीय उत्तर प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए।

 

यो विषय जानकारीमा आएपछि उत्तरप्रदेश सरकारले गम्भीर असन्तुष्टि जनाएको छ। ती व्यवसायीले भारत सरकारसँग आफूलाई शरण दिनको लागि गुहार मागेका थिए। भारत सरकारले कुनैपनि विषयमा अनुसन्धान नगरी ती व्यापारीलाई शरण दिएको थियो।

 

उत्तर प्रदेश सरकारका कानून मन्त्रीको यो अभिव्यक्तिपछि नै यो विषय बाहिर आएको हो। कानूनमन्त्री वृजेश पाठकले रिसाएको शैलीमा नेपाललाई आफ्नो दायरामा रहन चेतावनी दिएका छन्।

 

उनले भने, ‘नेपाल र भारत दुबै साथी साथी मुलुकहरु हुन्। दुबै मुलुक एक अर्काप्रति जिम्मेवार हुनु पर्छ। दुबै मुलुकले दुबै मुलुकको कानून पालना गर्नुपर्छ। कुनै पनि देशबाट सो देशको अनुमति विना यसरी शरणमा आएका व्यक्तिलाई उठाएरलैजानु कानूनी कुरा भने होईन।’

 

के भन्छन् एसएसपी

लखनउको यो घटनाबारे एसएसपी कलानिधि नैथानीले नेपाल प्रहरीले यसरी उनलाई पक्राउ गरेर लगेको विषय सिसिटिभी फुटेजमा देखिएको बताएका छन्।

 

उनले भने, ‘भिडियोमा नै यी सबै देखिएकोले प्रमाणको बढी आवश्यकता नपर्ने भन्दै सेतो रंगको स्विफ्ट कारमा सवार केही व्यक्तिले ती व्यवसायीलाई उठाएर लगेको हो।’ उनले यसरी नेपाल प्रहरीले अपहरण गरेको व्यक्तिलाई तत्काल फिर्ता गर्नको लागि पत्र समेत लेखेको बताए।

 

भारत सरकारले दिएको थियो शरण

व्यवसायी किशोर लालका छोरा विकास सोनीले भारत सरकार समक्ष यस विषयमा हस्तक्षेपको माग गरेका छन्।

 

उनले प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री योगी आदित्यनाथ, केन्द्रीय गृहमन्त्री राजनाथ सिंह तथा विदेश मन्त्री सुषमा स्वराजसमक्ष समेत निष्पक्ष जाँचको लागि आग्रह गरेका छन्। सोनीले आफ्ना पिता नेपाल प्रहरीको हिरासतमा रहेको बताए।

श्रीमती अनुष्कासँग छुट्टिनै सक्दैनन् विराट, यस्तो छ कारण

 

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली आफ्नै श्रीमती अनुष्का शर्मासँग एक मिनेटपनि टाढा बस्न मन पराउँदैनन्। शायद त्यही कारण हुनुपर्छ विराटेले बीसीसीआईसँग विदेशमा हुने खेलका क्रममा क्रिकेटरका श्रीमती वा गलफ्रेण्डलाई सँगै लैजाने अनुमति दिनुपर्ने भन्दै अनुरोध गरेका छन्।

 

विराटको यो अनुरोध क्रिकेट बोडसँग इंल्याडमा हुने टेस्ट सीरिजको दुई हप्ता पहिला गरेका हुन्। अनुष्का बेला बेलामा विराटसँग विदेशमा हुने खेलमा स्टेडियममा देखिने गरेकी छन्।

 

विटारले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सँग खेलाडीका श्रीमतीलाई विदेशमा हुने खेलको समयमा पूरै समय बस्न अनुमति दिन अनुरोध गरेका थिए। कोहलीको मागप्रति एक अधिकारीले भने–विराटले यस्तो माग गरेका छन् तर हामी हतारमा कुनै निर्णय लिन्नौं।’

 

मौजुदा नियमका अनुसार विदेशमा हुने खेलमा खेलाडीले श्रीमतीलाई दुई हप्तासम्म मात्र सँगै राख्न पाउने व्यवस्था छ। कोहलीले यो मुद्दालाई बीसीसीआईका एक वरिष्ठ अधिकारी समक्ष उठाएका थिए। ती अधिकारीले कोहलीको यो मागलाई विनोद राय र डायनाको अक्ष्यक्षता भएको सीओएसम्म पुर्याएका छन्।

 

मिडिया रिपोर्टसका अनुसार यो बीसीसीआईको नीतिगत निर्णयमा भर पर्छ। सीओए नयाँ बीसीसीआई निकायको गठनसम्म यो विषयमा कुनै प्रतिक्रिया नदिइ बस्न सक्छ। खेलाडीसँगै श्रीमती लैजाने कुरा बेला बेलामा मुद्दाको रुपमा उठ्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्