संगम स्वीट्सको जबर्जस्ती ! शिलबन्दी गरिएको चार दिनमै कसले खोल्यो शिल ?



हाम्रो इकोनोमि

 

नयाँ बानेश्वरस्थित संंगम स्वीट्सले उत्पादन गर्ने खाद्यपदार्थमा अखाद्य बस्तु मिसावट भएपछि गत मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपभोक्ताकर्मीहरुको संयुक्त प्रयासमा शिलबन्दी गरिएको थियो ।

 

अनुमगमन टोलीले अर्को सूचना जारी नभएसम्म उद्योगमा उत्पादन तथा बिक्रि वितरणमा रोक लगाइएको थियो । तर उद्योग भने शनिबारदेखि नै संचालनमा आएको छ ।

 

सरकारले गर्ने बजार अनुगमन उपभोक्तको आँखामा छारो हाल्नका लागि मात्रै हो भन्ने एउटा तथ्य नयाँ संगम स्वीट्सको यो प्रकरणले प्रष्ट्याएको छ । अखाद्य मिठाई भेटिएको भन्दै मंगलबार शील गरिएको सो मिठाई पसल चार दिन नबित्दै खुल्नु अनुगमन टोलीमाथि नै शंका उठेको छ ।

 

मंगलबार सरकारी टोलीले अनुगमन गर्दा संगम स्वीट्समा कैफियत भेटियो । र, आवश्यक कारबाहीका लागि भन्दै पसलमै शील गरियो । यसरी शील गरिएको संगम स्वीट्सले शनिवारबाटै एकाएक कारोबार सुरु गरेको थियो ।

 

कारबाही गर्ने भन्दै शील गरिएको पसलले किन र कसरी चार दिन नबित्दै उन्मुक्ति पायो ? यही प्रश्न लिएर आइतबार दिउँसो हामी सुरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पुग्यौं । तर, विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले भने संगम स्वीट्स खुल्दै नखुलेको दावी गरे ।

 

हामीलाई महानिर्देशक कर्णको दावी एकैछिन पनि टिक्दैन भन्ने निश्चित थियो । महानिर्देशक कर्णलाई भेटेर हामी सिंघै संगम स्वीट्समा पुग्यौ ।

 

उसले निर्धक्क कारोबार गरिरहेको थियो । ग्राहकहरु मज्जाले त्यही उद्योगमा उत्पादन गरिएका खाद्यबस्तुको स्वाद लिइरहेका थिए । मानव स्वास्थ्यमा घात गरेको भन्दै शील गरिएको संगम स्वीट्स कुन शक्तिको आडमा खोलियो ? मीठाई पसल सञ्चालकको एक्लो हिम्मतमा मात्रै यो संभव थिएन/छैन ।

 

अझ खुलेको तथ्यलाई सरकारी अधिकारी जबरजस्त लुकाउने प्रयासमा थिए । तर, सत्य नयाँ बानेश्वरमा छरपष्ट भइसकेको थियो ।

 

बानेश्वरबाट फर्केर हामी फेरि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पुग्यौं । फेरि पनि विभागका अधिकारीले खुल्दै नखुलेको दावी गरे । खुली नै सकेको तथ्य देखाएपछि विभागका महानिर्देशक कर्ण अक्क न बक्क परे ।

 

र हामीलाई भने अब फेरी अनुगमन शुरु गर्छौं । अनुगमनका क्रममा सन् २०११ मै म्याद सकिएको ‘कोकोनट पाउडर’ प्रयोग गरी बर्फी लगायत मिठाई बनाएको, ‘हाइड्रो–वान’ केमिकल प्रयोग गरी दूध तथा रसबरी सेतो बनाइएको भन्दै मिठाई बनाउने कारखाना र बिक्री स्थल दुवैमा शीलबन्दी गरिएको थियो ।

 

तर, शील गरिएको कारखाना र विक्रि केन्द्र कसको आड–भरोसामा खुलाइयो ? यसले सरकारी अनुगमन ‘नौटंकी’का लागि मात्र हो भन्ने सर्वसाधारणको आशंकामा बल पु¥याएको छ ।

 

यस्तै, विभागका अधिकृत इश्वर सुवेदीले पनि शिल गरिएको संगम स्विट्स नखुलेको दावी गर्छन् । उनले कानुनी कारबाही नगरी उद्योग खुलाउन नहुने भन्दै गलत सूचना समेत दिए । शिल गरिएको उद्योगलाई कारबाही नै नभइ पुन संचालनमा आउनु विभागको फितलो अनुगमन भएको मान्न सकिन्छ ।

 

आम उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने गरी अखाद्य वस्तु उत्पादन गरी वितरण गर्ने उद्योगलाई कारबाहीका लागि खुट्टा कमाउनु विभागको ठूलो कमजोरी हो ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...