नेपालकाे पहिलाे डेकेयर सर्जरी सेन्टर बुद्धमाइ अस्पतालकाे सेवा विस्तार



हाम्रो इकोनोमि

 

 

नेपालमा सन् २००८ मा पहिलाेपटक डे केयर सर्जरी सेवा उपलब्ध गराएकाे टेकु बुद्धबारी रहेकाे बुद्ध मिनिमल एक्सेस इन्टरभेन्सन सेन्टर(बुद्धमाइ)ले अाफ्नाे सेवाकाे ११ वर्ष पूरा गरेकाे छ । ११ वर्ष पूरा गरेकाे अवसरमा बुद्धमाइले अाफ्नाे सेवाकाे क्षमता तथा गुणस्तरमा विस्तार गरेकाे छ ।

 

विरामीलाइ एकैदिनमा बिभिन्न खाले सर्जरी सेवा दिए घर फर्काउने विश्वकाे सजिलाे र भरपर्दाे मानिने सेवालाइ नेपालमा पहिलाेपटक उपलब्ध गराएकाे बुद्धमाइ सेन्टर अस्पतालले उपलब्ध गराएकाे नविनतम सेवालाइ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवदले समुद्घाटन तथा अवलाेकन गरेका छन् ।

 

बुद्धमाइ सेन्टरकाे ११ अाैँ वार्षिक साधारणसभा तथा विस्तारित सेवाकाे उद्घाटनमा गर्दै स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा सुरेन्द्र यादवले डे केयर सर्जरी सेन्टर नेपालमा अत्यन्त महत्वपूर्ण चिकित्सा सेवा हुन सक्ने बताएका छन् ।

 

प्रमुख अतिथिका रूपमा कार्यक्रममा अाएका राज्यमन्त्री यादवले नेपाली स्वास्थ्य क्षेत्रकाे ८० प्रतिशत सुबिधा तथा सेवा सहरी जनसंख्यामा सिमित रहेकाे भन्दै ग्रामीण भेकमा सेवा विस्तार गर्न बुद्धमाइले दिँदै अाएकाे सुबिधालाइ प्रभावकारीरूपमा उपयाेग गर्न सकिने बताए ।

 

कार्यक्रममा बुद्धमाइकाे संस्थापक अध्यक्ष डा.दीपकराज सिंहले मिनमल एक्सेस इन्टरभेन्सनकाे विश्वमा भएकाे उपयाेग तथा यसलाइ नेपालमा कसरी विकास गर्न सकिने बारे जानकारी दिएका थिए । बुद्धमाइ सेन्टरकाे स्थापनाकालदेखि नियमित व्यवस्थापन तथा चिकित्साकाे काम गर्दै अाएका डा. उदय काेइरालाले बुद्धमाइ सेन्टरकाे बिभिन्न गतिबिधि तथा महत्वलाइ प्रकाश पारेका थिए ।

 

कार्यक्रममा उपचार गरेर अाफ्ना अनुभूति प्रकट गर्दै साहित्यकार तथा गाेरखापत्रका पूर्व अध्यक्ष एवम् प्रधानसम्पादक विजय चालिसेले बुद्धमाइकाे सेवाकाे प्रशंसा गर्दै यसकाे प्रचारमा जुट्न सके सबैले याे सेवालाइ लिन पाउने बताएका थिए । कार्यक्रमलाइ डा. पञ्जियार, राजु महर्जनले पनि सम्बाेधन गरेका थिए भने कार्यक्रम संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठकाे सभापतित्वमा भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...

३० अंकले घट्यो सेयर बजार

    मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको...

व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन : प्रधानमन्त्री

    प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको...

ओलीलाई पक्राउ गर्नु नै सरकारले १०० दिनको उपलब्धि ठान्यो : एमाले

    नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सुशासनका नाममा सरकारले गैरकानुनी...