शिक्षकबाटै दुई बालिका बलात्कृत, डर–त्रास देखाउँदै पटक–पटक बलात्कार



हाम्रो इकोनोमि

 

 

शिक्षकको काम बालबालिकालाई नैतिक शिक्षा दिने, सहि बाटो देखाई दिने र बाटो बिराउन लागेकालाई सही बाटोमा ल्याउने हो । तर, काभ्रेका एक शिक्षकले भने आफै बाटो बिराएर शिक्षण पेसालाई नै कलङ्कित बनाएका छन् ।

 

नैतिक शिक्षा दिने एक ती शिक्षकबाट दुई जना अवोध बालिका बलात्कारको शिकार बनेका छन् । कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुई छात्रालाई एक वर्षदेखि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शिक्षक शंकर पहरीलाई पक्राउ गरेको हो ।

 

पीडितको जाहेरीका आधारमा शिक्षक पहरीलाई पक्राउ गरी थप अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका रविराज खड्काले जानकारी दिए । अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको छ ।

 

‘पीडितहरुको जाहेरीका आधारमा अनुसन्धान गरी हामीले थप प्रक्रिया अगाडि बढाएका छौं,’ प्रहरी प्रमुख खड्काले भने, ‘९ वर्षका २ जना बालिकालाई करणी र दुर्व्यवहार गर्ने शिक्षक पहरीलाई अदालतबाट ७ दिनको म्याद थपिएको छ ।’

 

जाहेरीमा शिक्षक पहरीले केही महिनादेखि खाजा खाने समय, स्कुलबाट छुटेर घर जाने समयमा उनीहरुलाई पटकपटक बलात्कार गर्ने गरेको आरोप लगाइएको छ । शिक्षकले दुईमध्ये एक बालिकालाई कक्षा ४ देखि नै संवेदनशील अङ्ग चलाउने, छुने जस्ता क्रियाकलप गर्दै आएको आरोप छ ।

 

कक्षा ५ सुरु भएपछि पहिले दुव्र्यवहारमा परेकी बालिकाको साथीलाई समेत उनले दुव्र्यवहार गर्न थालेको उनका अभिभावकहरुले बताएका छन् । बालिकाहरुलाई शिक्षकले केहिले चक्लेट किन्दिन्छु भन्ने, कहिले अरुलाई भनिस् भने कुट्छु, भन्दै डरधम्की देखाउने गरेको आरोप आफन्तको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...