शरीरमा आगो लगाएर आत्महत्या



हाम्रो इकोनोमि

 

 

कञ्चनरुप नगरपालिका–२ बरमझियाकी युवतीले आइतबार शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन्।

 

घरभित्र आइतबार बिहान १८ वर्र्षीया रोशनी राउतले शरीरमा मट्टीतेल  खन्याएर आगो लगाएकी हुन्।

 

मृतकका भाइ आनन्द राउतलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर प्रतिक विष्टले दिएको जानकारी अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो।

 

घटना हुँदा उनका सासु, ससुरा, आमा, भाइ, दिदीको छोरा घरमा थिए। उनका श्रीमान सुनिल राउत भने विराटनगर–जनकपुर चल्ने बसमा  सहचालकको रुपमा काम गर्छन्।

 

भारत बिहार सुपौल माइत भएकी राउतको सामाजिक परम्पराअनुसार ६ महिनाअघि सुनिलसँग विवाह भएको थियो।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...