शरीरमा आगो लगाएर आत्महत्या



हाम्रो इकोनोमि

 

 

कञ्चनरुप नगरपालिका–२ बरमझियाकी युवतीले आइतबार शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन्।

 

घरभित्र आइतबार बिहान १८ वर्र्षीया रोशनी राउतले शरीरमा मट्टीतेल  खन्याएर आगो लगाएकी हुन्।

 

मृतकका भाइ आनन्द राउतलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर प्रतिक विष्टले दिएको जानकारी अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो।

 

घटना हुँदा उनका सासु, ससुरा, आमा, भाइ, दिदीको छोरा घरमा थिए। उनका श्रीमान सुनिल राउत भने विराटनगर–जनकपुर चल्ने बसमा  सहचालकको रुपमा काम गर्छन्।

 

भारत बिहार सुपौल माइत भएकी राउतको सामाजिक परम्पराअनुसार ६ महिनाअघि सुनिलसँग विवाह भएको थियो।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...