शेयर बजार दोहोरो अंकले घट्यो, कसले कमाए, कसले गुमाए ?



हाम्रो इकोनोमि

 

 

धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको छ ।

कारोवार मापक नेप्से परिसूचक १२.२२ बिन्दुले घटेर एक हजार २१५.१५ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.४९ बिन्दुले घटेर २५७.७५ बिन्दुमा पुगेको छ ।

कूल १६० कम्पनीको १३ लाख ३७ हजार २६ कित्ता शेयर ४० करोड ७३ लाख पाँच हजार ४८१ मूल्यमा खरिद बिक्री भएको हो । स्टककाअनुसार कारोवार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयरको मूल्यमा वृद्धि भएको छ भने आठ उपसमूहका शेयरको मूल्य घटेको छ ।

उत्पादन २.५९ र अन्य ०.९६ बिन्दुले बढेको छ । यस्तै बैंकिङ १२.३१, होटल ३४.७८, विकास बैंक २१.१, जलविद्युत् ३.७५, फाइनान्स ५.८८, निर्जीवन बीमा ५.८३, माइक्रोफाइनान्स १९.४८ र जीवन बीमा ३७.६ बिन्दुले घटेको छ ।

स्टककाअनुसार आज नाडेप लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रो पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी कम्पनीका लगानीकर्ताले कमाएका छन् भने लक्ष्मी लघुवित्त वित्तीय संस्था, भार्गव विकास बैंक, एनआइबीएल प्रगति फण्डका लगानीकर्ताले गुमाएका छन् । यस्तै पुर्णिमा विकास बैंकले लगानीकर्तालाई ११.३७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले ६.३७ प्रतिशत नगद र पाँच प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरण गर्ने भएको छ । यस्तै लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २६.३२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

वित्तीय संस्थाको आजको बैठकले गत असार मसान्तमा कायम भएको चुक्ता पूँजी २४ करोड २० लाखको २६.३२ प्रतिशत नगद लाभांश दिन लागेको हो । यस्तै भार्गव विकास बैंकले ५.५६ प्रतिशत बोनस शेयर थप गर्दै नयाँ शेयर मूल्य समायोजन गरेको छ । १४८.७४ बराबरको उक्त बैंकको शेयर मूल्यको समायोजन पछि रु १९४.८७ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...