राहुल गान्धी ठूलो विष्फोटबाट मुस्किलले बचे



हाम्रो इकोनोमि
भारतीय प्रतिपक्षी दल आई कांग्रेसका अध्यक्ष राहुल गान्धी भयानक बम विष्फोटबाट मुस्किलले बचेका छन् ।

 

 

मध्य प्रदेशको जबलपुरमा शनिबार कांग्रेस अध्यक्ष राहुल गान्धीको रोड शोकै क्रममा बम पड्किएको थियो । राहुल गान्धी जुन मिनी बसमा सवार थिए त्यसको केही मिटरको दूरीमा अचानक आगोको लप्का उठ्यो ।

केबल एक कदम मात्रै नजिक रहेका राहुल र उनका समर्थकहरु तत्काल त्यहाँ के भयो भन्ने अलमलमा परे । समाचार अनुसार राहुल गान्धीको आरती गर्नका लागि लगिएको थालीमा ग्याँसले भरिएको पदार्थ विष्फोट हुन पुग्यो । त्यसपछि एकैछिनमा आगो फैलियो ।

अचानक आगोको लप्का उठेपछि सबैजना चकित भए । यस घटनालाई राहुल गान्धीको सुरक्षामा गम्भीर लापर्बाही भनिएको छ । समाचार अनुसार विष्फोट अलि बढी ठूलो भएको भए अप्रिय घटना समेत हुने सक्ने भन्दै सुरक्षाप्रति आपती जनाइएको छ ।

रोड शोअघि राहुल गान्धीले जबलपुर नजिकै ग्वारी घाटमा नर्मदा पूजा पनि गरेका थिए । राहुल गान्धीसँगै मध्यप्रदेशका कांग्रेस अध्यक्ष कमलनाथ र कांग्रेस नेता ज्योतिरादित्य सिन्धिया पनि थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...