राहुल गान्धी ठूलो विष्फोटबाट मुस्किलले बचे



हाम्रो इकोनोमि
भारतीय प्रतिपक्षी दल आई कांग्रेसका अध्यक्ष राहुल गान्धी भयानक बम विष्फोटबाट मुस्किलले बचेका छन् ।

 

 

मध्य प्रदेशको जबलपुरमा शनिबार कांग्रेस अध्यक्ष राहुल गान्धीको रोड शोकै क्रममा बम पड्किएको थियो । राहुल गान्धी जुन मिनी बसमा सवार थिए त्यसको केही मिटरको दूरीमा अचानक आगोको लप्का उठ्यो ।

केबल एक कदम मात्रै नजिक रहेका राहुल र उनका समर्थकहरु तत्काल त्यहाँ के भयो भन्ने अलमलमा परे । समाचार अनुसार राहुल गान्धीको आरती गर्नका लागि लगिएको थालीमा ग्याँसले भरिएको पदार्थ विष्फोट हुन पुग्यो । त्यसपछि एकैछिनमा आगो फैलियो ।

अचानक आगोको लप्का उठेपछि सबैजना चकित भए । यस घटनालाई राहुल गान्धीको सुरक्षामा गम्भीर लापर्बाही भनिएको छ । समाचार अनुसार विष्फोट अलि बढी ठूलो भएको भए अप्रिय घटना समेत हुने सक्ने भन्दै सुरक्षाप्रति आपती जनाइएको छ ।

रोड शोअघि राहुल गान्धीले जबलपुर नजिकै ग्वारी घाटमा नर्मदा पूजा पनि गरेका थिए । राहुल गान्धीसँगै मध्यप्रदेशका कांग्रेस अध्यक्ष कमलनाथ र कांग्रेस नेता ज्योतिरादित्य सिन्धिया पनि थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...