भ्रष्टाचार भो, मूल्य बढ्यो भन्दा उद्योगमन्त्री यादवले सांसदविरुद्ध मुद्दा दर्ता !
सरकारका विभिन्न उद्योग तथा बजार अनुगमनको नाममा सिमित व्यापारीको चंगुलमा फसेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चिनीको मूल्यविरुद्ध संसद र लेखा समितिमा आवाज उठाउने सांसदलाई कारबाहीको माग गरेर उजुरी दर्ता गराएका छन् ।
आपूर्तिमन्त्री यादवले सभामुख कृष्णबहादुर महरालाई शुक्रबार आफूविरुद्ध भ्रष्टाचार र मूल्य वृद्धिको आरोप लगाउने सांसदहरूलाई कारबाहीको माग गरेर पत्र बुझाएका हुन् ।
यावद विवास्पद छवीका नेताका रुपमा समेत चिनिन्छन् । मन्त्रीका बारेमा बजारमा चलेका हल्ला र भित्रि तयारीका बारेमा समाचार प्रकाशन गर्ने समाचार गृहलाई समेत नछाड्ने उनी सांसदलाई आफू विरुद्ध वोलेको भन्दै उजुरी दर्ता गराउनुले उनको छवी झनै उदाङ्गिने निश्चित छ ।
बजारमा सहज डंगले पाइने चिनि अहिले मूल्य बढेर आकास छोएको छ तर, मन्त्री यादव भने यसलाई बचाउ गर्दै जनताको पक्षमा बोल्ने सांसदका विरुद्ध उजुरी दर्ता गराउछन् । आम उपभोक्ताको हित तथा संरक्षण गरेर जनताको करबाट चल्ने प्रण लिएका सरकारका मन्त्रीहरु नै गुशमा लिप्त भएको भन्दै सदन देखि सडक सम्म कुरा उठ्नु सामान्य विषय ने होइन् ।
भनिन्छ, ‘हावा नलागी पात हल्लिदैन’ यसै कुरालाई मात्रै वैज्ञानिक आधार बनाउने हो भने मन्त्री यादवका लागि हावा नलागेकै हो त? जनताले छुट्याउने छन् अनि उनलाई सरकारमा बसिरहन या छाड्न जनताले नै फैसला गर्नेछन् ।
सरकार पूर्णरुपमा असफल भयो प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारमा सत्तासिन दल र सरकारका प्राय मन्त्रीहरु आरोप प्रत्यारोपमा लागेका कारण मुलुकको शन्ति सुरक्षा भन्दा आत्मरतिमा रमाउन थालेको आरोप लगाएका छन् ।
नेता सिंहले सरकार शान्ति सुरक्षा कायम गर्न नसकेका कारण पूर्णरुपमा असफल भएको समेत जिकिर गरेका छन् । सरकार दुई तिहाईको दम्भ पालेर बसेका कारण समेत देशमा अराजकताले वैधानिकता पाउँदै गएको र समाजमा सामाजिक द्वन्द्व बढ्दै गएको नेता सिंहको दावी छ ।
काठमाडौंको भोटेबहालमा शनिबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले भने, ‘बलात्कार, अपहरण, ब्यक्ति हत्याका अपराधीलाई कारबाहीको दायरामा ल्याउन नसक्ने सरकारबाट अरु कुराको आशा गर्न सकिँदैन ।’
आफूहरुले शान्ति सुव्यवस्था कायम गर्न, महंगी नियन्त्रण गर्न र संघीयता कार्यान्वयनमा गम्भीर हुन सुझाव दिँदासमेत प्रधानमन्त्री केपी शर्मा ओलीबाट हल्का टिप्पणी आउनुले सरकार दुई तिहाइको दम्भ देखाउनमात्र उद्दत रहेको प्रष्ट हुने उनले बताए ।
सत्तारुढ दल निकटका मुख्यमन्त्रीहरुबाट समेत सरकारको आलोचना हुनुले संघीयता कार्यान्वयनमा सरकार चुकेको प्रष्ट हुने उनले बताए ।