साना सवारीले मनपरी लिन थाले भाडा



हाम्रो इकोनोमि

 

 

कोटेश्वरबाट पूर्वी नेपालमा सञ्चालन हुने माइक्रो बसले तोकेभन्दा बढी भाडा लिएका छन् ।

 

 

सरकारले कोटेश्वरबाट बर्दिवाससम्मको भाडा रु ५७६ तोकिए पनि रु ९०० सम्म लिइएको छ । यसैगरी कोटेश्वरबाट धरानसम्मको भाडा रु एक हजार ४१ तोकिए पनि रु एक हजार ५०० सम्म लिइएको छ । कोटेश्वरबाट जनकपुरसम्मको भाडा रु ७८५ सम्म तोकिए पनि रु एक हजारसम्म लिइएको नागरिक अनुगमनका क्रममा भेटिएको यातायात सुधार अभियानमा लाग्नुभएका रामबहादुर थापाले सुनाउनुभयो ।

 

“किन तोकेभन्दा बढी भाडा लिएको भनेर सोध्दाा हाम्रो व्यक्तिगत सवारी हो, किन सरकारले तोकेको भाडा मात्र लिने रु हामीलाई लागे जति लिएका छौँ भनी जवाफ दिए”, उहाँले भन्नुभयो ।

 

ट्राफिक प्रहरीले कोटेश्वर चोकमा भाडा सूची राखे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याय कोटेश्वरबाट पूर्व चल्ने साना सवारी साधनले बढी भाडा लिइरहेको गुनासो आइरहेको बताउनुहुन्छ ।

 

विभागले प्रभावकारी अनुगमन गर्न नसक्दा पनि समस्या भइरहेको यात्रुको गुनासो छ । विभागले भने अनुगमन बढाउने गृहकार्य गरिरहेको जनाएको छ ।

 

बुकिङ नगरी सकियो टिकट

 

असोज ९ गतेदेखि नै दशैँका लागि अग्रिम टिकट बुकिङ गरिए पनि यो मार्गमा सञ्चालन हुने सवारीले बेवास्ता गरेका छन् । अग्रिम टिकट नदिई कालाबजारी भइरहेको यात्रु रामचन्द्र शर्माले गुनासो गर्नुभयो ।

 

भनसुनका आधारमा मात्र टिकट दिइरहेको उहाँको भनाइ छ । सप्तकोशी यातायात सङ्घका महासचिव नारायण भट्टराई असोज २५ गतेसम्मका लागि टिकट बुकिङ गरिसकिएको दाबी गर्नुहुन्छ । यात्रुले भने टिकट नखोलीकनै कालाबजारीमा बेचेर सकेको आरोप लगाएका छन् ।

 

सङ्घले २५० सवारी थपेर आजदेखि टिकट दिन शुरु गरिएको जनाएको छ । थप सवारी व्यवस्था गरेर पनि पूर्व जाने सबै यात्रुलाई दशैँ मान्न लगिने उहाँको प्रतिबद्धता छ । २४ गतेदेखि सवारी जुनसुकै रुटमा जानसक्ने गरी व्यवस्था गरिएको विभागका प्रवक्ता उपाध्यायले बताउनुभयो ।

 

सरकारले टिकट खुलिसक्यो भन्दा पनि किन नदिएको भन्दा हामीलाई मन लागेन खोलेनौँ भनी जवाफ दिएको कोटेश्वरमा टिकट कुरेर बसेका यात्रुले गुनासो गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...