जेठानको श्रीमती लिएर ज्वाई चम्पट कसेपछि….



हाम्रो इकोनोमि

 

 

संसारमा बाँच्नु चाँही पर्छ अनेक कुरा सुन्न र देख्न पाइन्छ भन्ने उखान उसै रचिएको होइन् ।

 

 

भारतको पिलिभित घर भई विगत डेढ दशकदेखि (नेपाल) कञ्चनपुरको भीमदत्त नगरपालिका–५ सुकासालमा बस्दै आएका ३० वर्षीय पन्नालाल मोर्याले जेठान हरिस नेपालीकी श्रीमती द्रोपती नेपाली भगाएर लगेका छन् । मार्याले उनलाई माया प्रेममा परेर लगेको वा बेच्नका लागि लगेकोबारे नखुलेको परिवारजन बताउँछन् ।

बहिनी ज्वाईले आफ्नै श्रीमती भगाएपछि जेठान हरिश नेपाली हैरान छन् । हरिस आमा रोहिता नेपाली, दिदी ईश्वरी मोर्यासहित उनीहरुलाई खोजबिन र कार्बाहीका लागि शुक्रबार उजुरी गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आएका थिए ।

पन्नालालकी श्रीमती ईश्वरीले बिहीबार दिउँसो १२ बजेतिर श्रीमान तरकारी ल्याउँछु भन्दै बजार हिंडेको बताएकी छन् । उता भीमदत्त नगरपालिका १० तिलकेनीका हरिसकी श्रीमती द्रोपति नेपाली पनि पेट दुखेको भन्दै जिमुवा अस्पताल आउँछु भन्दै घरदेखि हिंडेका थिइन् ।

‘दुवै जना एकै साथ एकै समयमा आ–आफ्नो घरबाट निस्किए, अबेरसम्म पनि दुवै घर आएनन्, ‘ईश्वरीले भने, ‘मैले मेरा श्रीमान घरमा नआएपछि उता माइतमा फोन गरेर द्रोपतीबारेमा बुझें । उनी पनि घर आएकी थिइनन्, मलाई थाहा भयो, कि दुवै जना भागेर भारत गए ।’

दुवैले चलाउँदै आएको फोन पनि नलागेपछि भागेको थाहा भएको उनले बताइन् । पन्नालाल र ईश्वरीको ११ वर्ष पहिले मागी विवाह भएको थियो । उनीहरुका दुई छोरा मात्रै छन् ।

यता हरिस र द्रोपतिको पनि १२ वर्ष अघि मागी विवाह भएको थियो । उनीहरुको दुई छोरी मात्रै छन् । पन्नालाल र द्रोपतिबीच फोन सम्पर्क हुने गरेको पन्नालालकी श्रीमती ईश्वरीले बताइन् । ‘दुवै जनाबीच फोन हुन्थ्यो ।’

उनले भनिन्, ‘मै त सोच्थे भाउजुसँग फोन गर्दैमा के हुन्छ ।’ आज श्रीमानका कारण दाजु र बहिनीको जिन्दगी बर्बाद भएको उनले दुःखेसो पोखिन् । हरिसले ज्वाईसँगै भागेर गएकी श्रीमतीलाई कुनै पनि हालतमा स्वीकार नगर्ने जिकिर गरेका छन् । ‘मेरी बहिनीका श्रीमानसँग गएकी श्रीमतीलाई राख्ने कुरै भएन’ उनले भने, ‘यस्तो धोका दिनेसँग कसरी बस्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...