पाँच हजार १२५ एम्पुल लागुऔषधसहित दुईजना पक्राउ



 

 

लागुऔषध नियन्त्रण ब्युरोले ५ हजार १ सय २५ एम्पुलसहित दुईजनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा विराटनगर-१५ का ४५ वर्षीय अरुण थापा र भोजपुरको षडानन्द-११ का २४ वर्षीय अम्बरबहादुर राई रहेका छन्।

 

उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको ब्युरोका निमित्त प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

 

उनीहरूबाट ५ हजार १ सय २५ एम्पुल डाइजेपाम, फेनारगन र बुर्फिन बरामद गरिएको पोखरेलको भनाइ छ।

 

उनीहरूले भारतबाट औषधिजन्य मनोउद्दिपक पदार्थ काठमाडौं भित्र्याएर कारोबार गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ।

 

यातायातका नायब सुब्बा घुससहित पक्राउ

यातायात व्यवस्था कार्यालय सुकेधराका एकजना कर्मचारी घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग सनुसन्धान आयोगको टोलीले नायब सुब्बा नवराज पराजुलीलाई पाँच हजार घुससहित पक्राउ गरेको हो।

पराजलुलीले लिखित र प्रयोगात्मक परीक्षा पास गरिसकेका सेवाग्राहीलाई परीक्षामा फेल भएको भन्दै पास गराइदिने प्रलोभन देखाइ घुस मागेको सूचनाको आधारमा पक्राउ गरेको उपसचिव एवं सहायक प्रवक्ता मदन कोइरालाले जानकारी गराएका छन्।

थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
राजश्व वृद्धिमा प्रगति भएको छ : अर्थमन्त्री पौडेल

      उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको तुलनामा यो वर्ष

अहिले सरकार ढल्ने कुनै सम्भावना छैन : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक राजनीतिक अस्थिरता र आर्थिक संकटमा

अमेरिकाले रोक्यो वैदेशिक अनुदान

    अमेरिकाले सबै प्रकारका वैदेशिक अनुदान सहयोग स्थगित गरेको छ । राष्ट्रपति

सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक