पाँच हजार १२५ एम्पुल लागुऔषधसहित दुईजना पक्राउ



हाम्रो इकोनोमि

 

 

लागुऔषध नियन्त्रण ब्युरोले ५ हजार १ सय २५ एम्पुलसहित दुईजनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा विराटनगर-१५ का ४५ वर्षीय अरुण थापा र भोजपुरको षडानन्द-११ का २४ वर्षीय अम्बरबहादुर राई रहेका छन्।

 

उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको ब्युरोका निमित्त प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

 

उनीहरूबाट ५ हजार १ सय २५ एम्पुल डाइजेपाम, फेनारगन र बुर्फिन बरामद गरिएको पोखरेलको भनाइ छ।

 

उनीहरूले भारतबाट औषधिजन्य मनोउद्दिपक पदार्थ काठमाडौं भित्र्याएर कारोबार गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ।

 

यातायातका नायब सुब्बा घुससहित पक्राउ

यातायात व्यवस्था कार्यालय सुकेधराका एकजना कर्मचारी घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग सनुसन्धान आयोगको टोलीले नायब सुब्बा नवराज पराजुलीलाई पाँच हजार घुससहित पक्राउ गरेको हो।

पराजलुलीले लिखित र प्रयोगात्मक परीक्षा पास गरिसकेका सेवाग्राहीलाई परीक्षामा फेल भएको भन्दै पास गराइदिने प्रलोभन देखाइ घुस मागेको सूचनाको आधारमा पक्राउ गरेको उपसचिव एवं सहायक प्रवक्ता मदन कोइरालाले जानकारी गराएका छन्।

थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...