३ वर्षे बालक ३० फिट गहिरो इनारमा खसेपछि…



हाम्रो इकोनोमि

 

 

१२ वर्षअघि कुरुक्षेत्रमा ५ वर्षीय बालकलाई इनारबाट उद्धार गरे जस्तै घटना हरियणाको अम्बालामा दोहोरिएको छ ।

 

यहाँ बिहीबार ३ वर्षीय एक बालक ३० फिट गहिरो इनारमा खसेपछि परिवार र छिमेकी आत्तिए । स्थानीयले प्रहरीलाई खबर गरे । तर प्रहरी आउनुअघि नै अर्का एक किसान रणधीर सिंहले बच्चाको सकुसल उद्धार गरेका छन् ।

डोरीको सहायतामा रणधीरले बालक कर्णलाई इनारबाट कठिन र चमत्कारिक रुपमा उद्धार गरे । यतिसम्म कि, ३० फिट गहिरो इनारबाट कर्णलाई उद्धार गर्न ४५ मिनेट लागेको थियो । बालककी आमा उनलाई छेउमै राखेर छिमेकीको खेतमा घाँस काटिरहेकी थिइन् । बिहान सवा १० बजेतिर बालक खेल्दै १२ इन्च फराकिलो इनारमा पुगेछन् । त्यही उनी ३० फिट गहिराइमा खसे ।

उद्धारकर्ता रणधीरका अनुसार इनारमा खसेका बालकको खुट्टातर्फको भाग इनारभित्र हिलोमा फसेको थियो । र घाँटीसम्मै पानी थियो । उद्धारपछि बालकलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । चिकित्सकका अनुसार अरु केही मिनेटसम्म बालकको उद्धार गर्न नसकेको भए अवस्था जटिल हुनसक्थ्यो।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...