३ वर्षे बालक ३० फिट गहिरो इनारमा खसेपछि…



हाम्रो इकोनोमि

 

 

१२ वर्षअघि कुरुक्षेत्रमा ५ वर्षीय बालकलाई इनारबाट उद्धार गरे जस्तै घटना हरियणाको अम्बालामा दोहोरिएको छ ।

 

यहाँ बिहीबार ३ वर्षीय एक बालक ३० फिट गहिरो इनारमा खसेपछि परिवार र छिमेकी आत्तिए । स्थानीयले प्रहरीलाई खबर गरे । तर प्रहरी आउनुअघि नै अर्का एक किसान रणधीर सिंहले बच्चाको सकुसल उद्धार गरेका छन् ।

डोरीको सहायतामा रणधीरले बालक कर्णलाई इनारबाट कठिन र चमत्कारिक रुपमा उद्धार गरे । यतिसम्म कि, ३० फिट गहिरो इनारबाट कर्णलाई उद्धार गर्न ४५ मिनेट लागेको थियो । बालककी आमा उनलाई छेउमै राखेर छिमेकीको खेतमा घाँस काटिरहेकी थिइन् । बिहान सवा १० बजेतिर बालक खेल्दै १२ इन्च फराकिलो इनारमा पुगेछन् । त्यही उनी ३० फिट गहिराइमा खसे ।

उद्धारकर्ता रणधीरका अनुसार इनारमा खसेका बालकको खुट्टातर्फको भाग इनारभित्र हिलोमा फसेको थियो । र घाँटीसम्मै पानी थियो । उद्धारपछि बालकलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । चिकित्सकका अनुसार अरु केही मिनेटसम्म बालकको उद्धार गर्न नसकेको भए अवस्था जटिल हुनसक्थ्यो।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...