नक्कली अनुमतिपत्र बनाउने पक्राउ ‘सेभेन समिट ट्रेक्स’ तीन कर्मचारी पक्राउ



हाम्रो इकोनोमि

 

 

‘सेभेन समिट ट्रेक्स’ आरोहण क्षेत्रको चर्चित संस्था हो । तर, सगरमाथा चढ्न नक्कली ‘आरोहणपत्र’ बनाएको प्रकरणमा यो संस्था मुछिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले ‘सेभेन समिट ट्रेक्स’का तीन जना कर्मचारीलाई नक्कली कागजपत्र बनाएर विदेशी नागरिकलाई सगरमाथा चढाएको आरोपमा पक्राउ गरेपछि ‘सेभेन समिट ट्रेक्स’ विवादमा तानिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोले सेभेन समिट ट्रेक्स प्रालीका कानून शाखा प्रमुख निभेश कार्की, बजार व्यवस्थापक फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याललाई पक्राउ गरेको हो ।
उनीहरुले सरकारबाट १२ जना विदेशी नागरिकलाई सगरमाथा चढाउने अनुमति लिएपनि किर्ते कागज बनाएर थप २ विदेशी नागरिकलाई आरोहणका लागि पठाएका थिए ।

‘सेभेन समिट ट्रेक्स’का अध्यक्ष मिङ्मा शेर्पा हुन् । ‘सेभेन समिट ट्रेक्स’का कर्मचारीहरुले नै फटाही गरेकोमा आफू दुखी भएको उनले नयाँ पेजलाई बताए । उनले दोषीलाई आवश्यक कारबाही हुनुपर्ने बताए । उनले नयाँ पेजसँग भने,‘मेरो संस्थाकै बदनाम भयो, दोषीलाई कडा कारबाही हुनुपर्छ । कही कतैबाट छुटाउन खोजिए । म सिडिओ कार्यलय अघि अनसन बस्छु ।’

कर्मचारीहरुको कारण आफ्नो संस्था बदनाम भएको उल्लेख गर्दै यसमा संस्थाको संग्लनता नभएको बताए । उनले भने, ‘केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा दोषी देखिएको सबै कारबाही हुनुपर्छ । संस्था दोषी कारबाही भोग्न तयार छौं ।’

कसरी भयो किर्ते ?
२०७४ चैत्र ३० मा कानुन शाखा प्रमुख कार्कीले पर्यटन विभागबाट सक्कली आरोहण पत्र लिनु भन्दा केही दिन अगाडी अनलाईनबाट १४ जनाकै लागि दरखास्त पर्यटन विभागमा पेश गरेका थिए । पछि तीनैजनाले १४ जनाको सट्टा पर्यटन विभागबाट १२ जनाको मात्र परमीट निकाल्ने र बाँकी २ जनाको परमीट शुल्क वापतको अमेरिकी डलर २२ हजार ९करिब २३ लाख रुपैयाँ० आपसमा बाँडने योजना बनाएका थिए ।

योजना अनुसार निभेशले पर्यटन विभागबाट सक्कली छाप लगाएको लेटर प्याड ल्याएर सक्कली जस्तै परमिट बनाउने जिम्मा, विजयश्वर अर्यालले लेखा मिलाउने जिम्मा र फुर्तेन्जी शेर्पाले कार्यालयमा राखि चाहिएको ठाउँमा नक्कली डकुमेन्ट वितरण गर्ने जिम्मा लिएका थिए ।
ब्युरोका अनुसार २२ हजार डलरमध्ये विजयश्वर अर्यालले ७ लाख ३५ हजार रुपैयाँ, फुर्तेन्जी शेर्पाले ७२ सय अमेरिकी डलर र बाँकी रकम निभेश कार्कीले लिएका थिए । ब्युरोले तीनैजना उपर सरकारी दस्तखत छाप किर्ते र ठगी मुद्दामा अनुसन्धान गरीरहेको छ ।

के हो ‘सेभेन समिट ट्रेक्स’ ?
‘सेभेन समिट ट्रेक्स’का अध्यक्ष शेर्पाले ८ हजार उचाईमाथिका १४ भन्दा बढी हिमाल चढेका छन् । उनी अध्यक्ष रहेको ‘सेभेन समिट ट्रेक्स’ नेपालकै चर्चित आरोहण संस्था हो । यसअघिसम्म आरोहण क्षेत्रमा राम्रो छवि बनाएका शेर्पा अनुभवी र भरपर्दो आरोही मानिन्छन् ।

यसका प्रबन्ध निर्देशक उनकै भाई टासी लाक्पा शेर्पा छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डका छोरा स्व. प्रकाश दाहालको टिमलाई शेर्पाले नै सगरमाथा चढाएका थिए । आरोहण क्षेत्रसँगै राजनीतिमा पनि सक्रिय प्रबन्धक निर्देशक शेर्पा स्व प्रकाशका नजिकका मित्र तथा व्यावसायिक साझेदार पनि थिए ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...