लेक लागेर ताइवानी पर्यटकको मृत्यु



 

 

लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ताइवानी चेनारी च्याङ भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कट्टेलले जानकारी दिए।

 

सगरमाथा आधार शिविर घुम्न आएका च्याङको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका– ४ स्थित लबुचे मदर अर्थ भन्ने होटलमा आराम गरी बसैकै अवस्थामा मृत्यु भएको बताइएको छ।

 

करिब ४५ वर्षीय च्याङ गत १३ गते नेपाल हाइटिङ टिम कम्पनी काठमाडौँमार्फत घुम्न आएका थिए। अहिले इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरीको टोली हेलिकप्टरमार्फत घटनास्थलमा पुगिसकेको बताइएको छ। आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौँ पठाइने छ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्