दुई मोटरसाइकल र ट्रक ठोक्किदा एक जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

पूर्व-पश्चिम राजमार्ग खण्डको लम्कीचुहा नगरपालिका ४ बलियामा दुई मोटरसाइकल र ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका २ बहनियाका ५० वर्षका भागीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

से ४ प ७३७० र से ६ प ७०४१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएपछि मृतक चौधरी चढेको मोटरसाइकल उछिटि्टएर ट्रकमुनि छिरेको प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटना हुँदा नजिकै आइपुगेको ना ४ ख १२७४ नम्बरको ट्रकको मुनि परेका चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो ।

मोटरसाइकल जुध्दा घाइते भएका अन्य दुई जनाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था भने सामान्य नै रहेको छ ।

घटना पछि ट्रक र चालक गर्पु थारु प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । मृतक चौधरीको शवलाई पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...