रायमाझीको मृत्युमा जहाजको लापरवाही छैन : यती एयरलाइन्स



 

ले उडिरहेको जहाजमा बिरामी भएकी कपिलवस्तुकी पुष्पा रायमाझीको निधनमा एयरलाइन्सको कुनै लापरबाही नरहेको प्रस्ट पारेको छ। आफ्नो जहाजमा यात्रा गर्ने क्रममा अचेत भएकी उनलाई उपचारका लागि हरसम्भव प्रयास गरेको उक्त एयरलाइन्सले जनाएको छ।

नियतवश घटना लुकाउनु वा गुपचुप राख्नुपर्ने कुनै कारण नभएको पनि एयरलाइन्सले स्पष्ट पारेको छ। असोज ५ गते यति एयरलाइन्सको जहाजमार्फत भैरहवाबाट काठमाडौं आउने क्रममा रायमाझी बिरामी परेकी थिइन्। जहाजमा चढेको करिब १४ मिनेटपछि उनलाई असजिलो भएको थियो। एयरलाइन्सका वरिष्ठ प्रवन्धक तथा प्रवक्ता भीमराज राईकाअनुसार अप्ठ्यारो महसुस भएपछि उनले पानी खान मागेकी थिइन्। उनलाई विमान परिचारिकाले तत्कालै पानीसहित अक्सिजन उपलब्ध गराएका थिए।

‘उहाँको उपचारमा हामीले कुनै कमी राखेनौं, बेहोस भएलगत्तै पाइलट इन चिफमार्फत थप उपचारको व्यवस्था जहाजमै उपलब्ध गरायौं। जहाज व्यवस्थापनको त्रुटीका कारण उहाँको निधन भएको भेटिएन’, राईले भने। जहाजमै यात्रा गरिरहेकी मेडिकल हेल्पकी नर्सलाई परिचालन गरी उनको थप उपचार गरिएको थियो। उनलाई परिक्षण गर्दा नाडीको पल्स राम्ररी चलिरहेको भेटिएको थियो।

नर्सले परीक्षणका क्रममा रायमाझीलाई उच्च रक्तचाप भएको पाई जहाजकी परिचारिकाको सहयोगमा अक्सिजन दिने व्यवस्था मिलाइएको थियो। उच्च रक्तचापको बिरामी रहेकी उनले उक्त दिन रक्तचापको औषधीसमेत सेवन नगरेको र सँगै बोकेर पनि नल्याएको उनका आफन्तले जहाज व्यवस्थापनलाई जानकारी गराएको राईले बताए।

उनी अचेत भएलगत्तै जहाजका क्याप्टेनमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरको एटीसीलाई जानकारी गराइएको थियो। एटीसीको समन्वयमा रायमाझीको थप उपचारको व्यवस्था गरिएको थियो। जहाज अवतरणअघि नै एम्बुलेन्ससहित मेडिकल टीम विमानस्थलमा तयारी अवस्थामा राखिएको थियो। मेडिकल टिमले जहाजभित्रै रायमाझीको स्वास्थ्य परीक्षण गरेको थियो। स्वास्थ्यकर्मीको सल्लाहअनुसार उनलाई काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

राईकाअनुसार रायमाझीलाई अस्पतालमा तत्कालै सघन उपचार कक्षमा राखेर उपचारको व्यवस्था मिलाइएको थियो। उपचारकै क्रममा असोज ६ गते कार्डियो पल्मोनरी फेलियरका कारण उनको निधन भएको अस्पताल व्यवस्थापनले घोषणा गरेको थियो।

रायमाझीका काका बाबुराम रायमाझीले असोज ८ गते उक्त एयरलाइन्समा विमा रकमको दावि गरी निवेदन दिएका थिए। राइका अनुसार उक्त निवेदन, अस्पतालको बिल र मृत्यु प्रमाणपत्रबाट उनको मृत्यु एयरलाइन्समा नभएको पुष्टि भएको छ। उक्त उडानमा ४१ पुरुष, २९ महिला, दुई बालबालिका र पाँच नाबालक गरी ७७ यात्रु थिए। रायमाझीबाहेक अन्यलाई कुनै प्रकारका समस्या नभएको राईले बताएका छन्।

यात्राको शर्तबमोजिम यात्रुलाई भएको शारिरिक हानी, क्षति वा मृत्युका लागि कुनै दायित्व व्यहोर्नु पर्ने अवस्था हुँदा मात्र त्यस्तो दायित्वको भार व्यहोर्ने गर्छ। विमाको रकम प्राप्त हुने स्थिति रहेमा एयरलाइन्सले त्यसमा सक्दो सहयोग गर्ने एयरलाइन्सले जनाएको छ। रायमाझीको असामयिक निधनप्रति यती एयरलाइन्सले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदनासमेत व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिँदै

    नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न तथा स्मार्ट बनाउने

बीमा रकम हत्याउने योजनामा श्रीमानको हत्या

    दुई महिना अघि घरभित्रै मृत भेटिएका कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटका ४९

नबिल बैंकद्धारा राउटे समुदायलाई निःशुल्क स्वास्थ्य परीक्षण

     नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय