अब कर्मचारीले प्रत्येक दिन भ्रष्टार गर्दिन भनेर प्रतिज्ञा खानुपर्ने



हाम्रो इकोनोमि

 

 

राष्ट्र सेवा गर्ने कसम खाएर सरकारी सेवा प्रवेश गरेका कर्मचारीले अब हरेक दिन भ्रष्टाचार नगर्ने कसम खानुपर्ने भएको छ ।

 

भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नारा दिँदै आएको केपी ओली नेतृत्वको सरकारले सुशासन र सदाचारको प्रबद्र्धन गर्ने भन्दै राष्ट्र सेवक कर्मचारीले हरेक दिन भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिज्ञा गर्नुपर्ने नियम बसालेको हो ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भ्रष्टाचार नगर्ने प्रण दैनिक गर्नुपर्ने नियम बसालेको सर्कुलर सरकारी कार्यालयमा पठाएको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँबरले मुख्यसचिवस्तरीय निर्णय अनुसार सरकारी कर्मचारीले दैनिक भ्रष्टाचार नगर्ने प्रण गर्नुपर्ने नियम बनाइएको जानकारी दिँदै सबै मन्त्रालय, आयोग र सचिवालयमा यसबारे सर्कुलर गरिएको बताए ।

 

अब राष्ट्र सेवक कर्मचारीले हरेक दिन काम शुरु गर्नुअघि ‘म भ्रष्टाचार गर्दिनँ । म भ्रष्टाचार हुन दिन्नँ । म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांश वाचनपश्चात दैनिक कार्य प्रारम्भ गर्नुपर्ने छ । यति मात्रै होइन, कार्यालयको देखिने स्थानमा उक्त वाक्यांश समेत टाँस गर्नुपर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...