अब कर्मचारीले प्रत्येक दिन भ्रष्टार गर्दिन भनेर प्रतिज्ञा खानुपर्ने



हाम्रो इकोनोमि

 

 

राष्ट्र सेवा गर्ने कसम खाएर सरकारी सेवा प्रवेश गरेका कर्मचारीले अब हरेक दिन भ्रष्टाचार नगर्ने कसम खानुपर्ने भएको छ ।

 

भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नारा दिँदै आएको केपी ओली नेतृत्वको सरकारले सुशासन र सदाचारको प्रबद्र्धन गर्ने भन्दै राष्ट्र सेवक कर्मचारीले हरेक दिन भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिज्ञा गर्नुपर्ने नियम बसालेको हो ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भ्रष्टाचार नगर्ने प्रण दैनिक गर्नुपर्ने नियम बसालेको सर्कुलर सरकारी कार्यालयमा पठाएको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँबरले मुख्यसचिवस्तरीय निर्णय अनुसार सरकारी कर्मचारीले दैनिक भ्रष्टाचार नगर्ने प्रण गर्नुपर्ने नियम बनाइएको जानकारी दिँदै सबै मन्त्रालय, आयोग र सचिवालयमा यसबारे सर्कुलर गरिएको बताए ।

 

अब राष्ट्र सेवक कर्मचारीले हरेक दिन काम शुरु गर्नुअघि ‘म भ्रष्टाचार गर्दिनँ । म भ्रष्टाचार हुन दिन्नँ । म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांश वाचनपश्चात दैनिक कार्य प्रारम्भ गर्नुपर्ने छ । यति मात्रै होइन, कार्यालयको देखिने स्थानमा उक्त वाक्यांश समेत टाँस गर्नुपर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस
रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...