घुस लिएको आरोपमा प्रहरीविरुद्ध मुद्दा दायर



हाम्रो इकोनोमि

 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा महानगरीय प्रहरी प्रभाग सानोठिमी भक्तपुरमा कार्यरत प्रहरी नायब निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार प्रहरी नायब निरीक्षक विष्टको प्रत्यक्ष संलग्नतामा सोही प्रहरी प्रभागमा कार्यरत प्रहरी सहायक निरीक्षक सुवास ढुङ्गाना र प्रहरी हवल्दार दीपक भारतीले बालुवा बेचबिखन गर्ने व्यवसायीलाई सहजरुपमा निकासी गर्न दिने शर्तमा रु ४५ हजार घुस लिएको अभियोग लागेको छ ।

बालुवा व्यवसायीसँग प्रहरी सहायक निरीक्षक ढङ्गानाले रकम बुझी प्रहरी हवल्दार भारतीलाई रु पाँच हजार दिएको र विष्टलाई रु २५ हजार छुट्याएका थिए ।

आयोगले तीनै जना प्रहरी कर्मचारीलाई रु ४० हजारको बिगो कायम गरी विशेष अदालतमा आज मुद्दा दायर गरेको हो । यस्तै आयोगले सोही प्रकरणमा संलग्न महानगरी प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी हवल्दार अमन चौधरीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार हवल्दार चौधरीले बालुवा व्यापारीसँग रु पाँच हजार घुस लिएको अभियोग लागेको छ ।

प्रतिक्रिया दिनुहोस
माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र तत्कालीन मन्त्री कांग्रेस नेता...

भक्तपुर मालपोतका नासुको ९ करोड ७३ लाखको अवैध सम्पत्ति, अख्तियारद्वारा मुद्दा दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत...

तिहारमा प्लास्टिकका फूलमाला बेचे जफत हुने

    नजिकिँदै गरेको दीपावली (तिहार) पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र...

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किएर एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना...