घुस लिएको आरोपमा प्रहरीविरुद्ध मुद्दा दायर



हाम्रो इकोनोमि

 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा महानगरीय प्रहरी प्रभाग सानोठिमी भक्तपुरमा कार्यरत प्रहरी नायब निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार प्रहरी नायब निरीक्षक विष्टको प्रत्यक्ष संलग्नतामा सोही प्रहरी प्रभागमा कार्यरत प्रहरी सहायक निरीक्षक सुवास ढुङ्गाना र प्रहरी हवल्दार दीपक भारतीले बालुवा बेचबिखन गर्ने व्यवसायीलाई सहजरुपमा निकासी गर्न दिने शर्तमा रु ४५ हजार घुस लिएको अभियोग लागेको छ ।

बालुवा व्यवसायीसँग प्रहरी सहायक निरीक्षक ढङ्गानाले रकम बुझी प्रहरी हवल्दार भारतीलाई रु पाँच हजार दिएको र विष्टलाई रु २५ हजार छुट्याएका थिए ।

आयोगले तीनै जना प्रहरी कर्मचारीलाई रु ४० हजारको बिगो कायम गरी विशेष अदालतमा आज मुद्दा दायर गरेको हो । यस्तै आयोगले सोही प्रकरणमा संलग्न महानगरी प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी हवल्दार अमन चौधरीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार हवल्दार चौधरीले बालुवा व्यापारीसँग रु पाँच हजार घुस लिएको अभियोग लागेको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...