प्रधानमन्त्री ओलीको ‘फिर्ती सवारी’मा दुईतर्फी बाटो बन्द



 

 

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘फिर्ती सवारी’मा अवरोध हुन नदिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले सर्वसाधारणका लागि दुईतर्फी बाटो बन्द गरेको छ।

 

प्रधानमन्त्री आज नेपाल उत्रिँदै छन्। त्रिभुवन विमानस्थलदेखि उनको सरकारी निवास बालुवाटारसम्मको बाटोमा अन्य सवारी निषेध गरिएको हो। ट्राफिक महाशाखाले विशेष कारण भन्दै ओली फर्किँदाको समयमा दुईतर्फी नै बाटो सर्वाधारणका लागि निषेध गरेको हो।

एयरपोर्ट, तिलगंगा, गौशाला, रातोपुल, ज्ञानेश्वर, भाटभटेनी हुँदै बालुवाटारसम्म दुईतर्फी सवारी साधनको आवागमन प्रभावित हुने भन्दै वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो।

 

 

महाशाखाका एसपी राजकुमार लम्सालले सरकार प्रमुखको औपचारिक विदेश भ्रमण आउँदा र जाँदा बाटो सर्वसाधारणका लागि बन्द गर्ने परम्पराअनुसार दुवैतर्फ बाटो बन्द गरिएको बताए।

दुईतर्फी बाटो बन्द हुँदा काठमाडौंको सवारी आवागमन प्रभावित हुनेछ। प्रधानमन्त्री असोज ६ गते राति अमेरिका गएका थिए।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्