प्रधानमन्त्री ओलीको ‘फिर्ती सवारी’मा दुईतर्फी बाटो बन्द



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘फिर्ती सवारी’मा अवरोध हुन नदिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले सर्वसाधारणका लागि दुईतर्फी बाटो बन्द गरेको छ।

 

प्रधानमन्त्री आज नेपाल उत्रिँदै छन्। त्रिभुवन विमानस्थलदेखि उनको सरकारी निवास बालुवाटारसम्मको बाटोमा अन्य सवारी निषेध गरिएको हो। ट्राफिक महाशाखाले विशेष कारण भन्दै ओली फर्किँदाको समयमा दुईतर्फी नै बाटो सर्वाधारणका लागि निषेध गरेको हो।

एयरपोर्ट, तिलगंगा, गौशाला, रातोपुल, ज्ञानेश्वर, भाटभटेनी हुँदै बालुवाटारसम्म दुईतर्फी सवारी साधनको आवागमन प्रभावित हुने भन्दै वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो।

 

 

महाशाखाका एसपी राजकुमार लम्सालले सरकार प्रमुखको औपचारिक विदेश भ्रमण आउँदा र जाँदा बाटो सर्वसाधारणका लागि बन्द गर्ने परम्पराअनुसार दुवैतर्फ बाटो बन्द गरिएको बताए।

दुईतर्फी बाटो बन्द हुँदा काठमाडौंको सवारी आवागमन प्रभावित हुनेछ। प्रधानमन्त्री असोज ६ गते राति अमेरिका गएका थिए।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...