वीपी राजमार्गमा ट्रक दुर्घटना, दुईको मृत्यु, एक गम्भीर



हाम्रो इकोनोमि

 

 

बनेपा-सिन्धुली-बर्दिवास (वीपी) राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-२ पिपलभञ्याङमा बा २ क २२९७ नम्बरका ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा गजुरी ट्रकका चालक गाउँपालिका- ५ धादीङका ३० वर्षीय लोकबहादुर मगर र सहचालक सप्तरी जिल्लास्थित सप्तकोशी नगरपालिका स्थायी ठेगाना भएका १८ का काले भन्ने भोजबहादुर आचार्य रहेको सिन्धुली प्रहरीले जनाएको छ।

दुर्घटनामा सप्तकोशी नगरपालिका सप्तरीका १७ वर्षीय लक्ष्मण परियार गम्भीर घाइते भएका छन्। उनको सिन्धुली अस्पतालमा उपचार गरी थप उपचारका लागि काभ्रेको दुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

दुर्घटनामा सहचालक आचार्यको घटनास्थलमै मृत्यु भएको र चालक मगरको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनको भनाइ छ। मृतक दुवैको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ। मृतकका आफन्त आइपुगेपछि शव बुझाउने स्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...