वीपी राजमार्गमा ट्रक दुर्घटना, दुईको मृत्यु, एक गम्भीर



हाम्रो इकोनोमि

 

 

बनेपा-सिन्धुली-बर्दिवास (वीपी) राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-२ पिपलभञ्याङमा बा २ क २२९७ नम्बरका ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा गजुरी ट्रकका चालक गाउँपालिका- ५ धादीङका ३० वर्षीय लोकबहादुर मगर र सहचालक सप्तरी जिल्लास्थित सप्तकोशी नगरपालिका स्थायी ठेगाना भएका १८ का काले भन्ने भोजबहादुर आचार्य रहेको सिन्धुली प्रहरीले जनाएको छ।

दुर्घटनामा सप्तकोशी नगरपालिका सप्तरीका १७ वर्षीय लक्ष्मण परियार गम्भीर घाइते भएका छन्। उनको सिन्धुली अस्पतालमा उपचार गरी थप उपचारका लागि काभ्रेको दुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

दुर्घटनामा सहचालक आचार्यको घटनास्थलमै मृत्यु भएको र चालक मगरको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनको भनाइ छ। मृतक दुवैको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ। मृतकका आफन्त आइपुगेपछि शव बुझाउने स्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...

महाधिवेशन रोक्न खोजे विशेष महाधिवेशन : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन रोक्ने काम भए देशभरका...

युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...