दशैं मनाउन घर फर्किदै नेपाली, भारतीय सीमा नाकामा लुटिने डर



 

 

भारतको गुजरातबाट दशैं मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइपुगे । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उनी थकित देखिन्थे ।

 

उनलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय प्रहरीको गाली सहनुपर्छ भन्ने । ‘कमाएको पैसा घर आँगनमै पुगेको बेला लुटिने आशंकामा डराइडराइ जमुनाहासम्म आइपुगे’, शाहीले भने । तर, जब उनी जमुनाहा पुगे ढुक्कसँग नेपाल प्रवेश गरे । दुई वर्षसम्म नेपाल नआएकाले उनी ढुक्कसँग घर पुग्नेमा आशावादी देखिन्थे ।

 

उनी जस्तै भारतको सिमलाबाट नेपाल फर्किदै गरेका जाजरकोट जगतीपुरका आइते विकलाई पनि उस्तै चिन्ता थियो । उनले भने, ‘सीमामा भारतीय प्रहरीले दुःख दिन्छ, सामान खोतलेर हैरान बनाउँछ भन्ने चिन्ता थियो तर त्यसो भएन ।’ दशैँ नजिकिएसँगै भारतबाट घर फर्कने नेपालीलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउन नेपाल प्रहरीले राम्रै खटनपटन गरिरहेको छ ।

 

इलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी निरीक्षक शिव वलीका अनुसार भारतीय प्रहरीसँगको समन्वयमा रुपैडिहा रेल्वे स्टेशन र बसपार्कमा नेपाल प्रहरी आफैं पुगेर यात्रुलाई सुरक्षित साथ नेपाल भित्र्याउने गरेको छ । प्रहरी निरीक्षक वलीले भने, ‘रुपैडिहा रेल्वे स्टेशन र बसपार्कमा हुने ठगी, लुटपाट र अन्य घटना हुन नदिन नेपाल प्रहरी त्यहाँ पुग्ने गरेको छ ।’

 

भारतबाट नेपाल आउने नेपाली यात्रुलाई सुरक्षित गन्तव्यमा पु¥याउन प्रहरीले सीमानाका जमुनाहामा यात्रु सहायता कक्ष समेत स्थापना गरेको छ । भारतबाट फर्किने नेपालीलाई लुटपाट, ठगी र अन्य अपराधजन्य घटना हुन नदिन यात्रु सहायता कक्षा स्थापना गरिएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले भारतीय प्रहरी, एसएसबी र भारतीय भन्सारसँग समन्वय गरी नेपालीलाई जाँचका क्रममा बिना झण्झट सुरक्षित नेपाल आउने व्यवस्था मिलाइरहेको छ । नेपाली आफ्नो समूह बनाएर नेपाल फर्किरहेका छन् । जमुनाहा नाका भएर दैनिक हजारको हाराहारीमा नेपाली फर्किरहेको प्रहरीले जनाएको छ ।

 

जाजरकोट शिवालय–२ का खगेन्द्र विक चाडपर्व मनाउन नेपाल फर्किएको बताउँछन् । ‘घर परिवारसँगै चाडपर्व मनाउन घर फर्किएको हुँ’, उनले भने, ‘तिहारपछि फेरि उतै फर्कन्छु ।’ कुशे गाउँपालिका–५ का हीरालाल टमाटा एक वर्षपछि चाडपर्व मनाउन आफू घर फर्किएको बताउँछन् । चाडपर्व मनाएर फेरि भारतनै जाने बताउँदै हीरालालले भने, ‘उता कमाइ ठीक ठीकै छ । यता बसेर रोजगारी पाइँदैन, भारत नगई सुखै छैन ।’

 

भारतबाट फर्किने नेपालीका कारण एक महीनायता नेपालगञ्जका होटल भरिभराउ भएर राम्रो व्यवसाय गर्न थालेका छन् । मध्यपश्चिमका पहाडी जिल्लाबाट वर्षेनी हजारौँ नेपाली रोजगारीलाई भारत जान्छन् ।

 

‘अरु बेला आउन नसकेपछि दशैँको बेला बिदा मिलाएर टीका जमरा थाप्न घर आएका छौं’, श्रीमानसँग भारतको दिल्लीमा कमाउन गएको बताउँदै सुर्खेत चिङ्गाड गाउँपालिका–३ की जमुना विकले भनिन्, ‘वर्षमा आउने ठूलो चाड घर त आउनु नै प¥यो नि ।’

 

चिङ्गाडकै विवेक खड्का दशैँ तिहार मनाउन घर फर्किन पाउँदा खुशी भएको बताउँछन् । ‘चाडपर्वमा घर आउने भन्छौँ के के नमिल्ने यसपालि आउन पाउँदा धेरै खुशी छु ।

 

परदेशमा दशैँ मनाउनु र आफ्नै गाउँठाउँ र साथीसङ्गीसँग मनाउन पाउँदा कसलाई खुशी लाग्दैन र ?’ आर्थिक स्थिति कमजोर भएका नेपाली भारतमा कमाइ गरेर दशैँ तिहार मनाउन भदौ महिनादेखि घर फर्किने गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस
सिजी सोलार वाटर हिटरको न्यानो, शतप्रतिशत सौर्य ऊर्जा, शून्य बिजुली खर्च

  नेपाली उपभोक्ताका लागि परिचित कम्पनि सिजी इलेक्ट्रोनिक्सले नवीनतम सौर्य प्रविधिसहितको सिजी सोलार

बिहीबार मध्यरातिदेखि उपनिर्वाचनको मौन अवधि

    बिहीबार मध्यराति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि सुरु हुने भएको छ

जाडो यामको तयारी ब्लाक्क एण्ड डेक्करसँग, आरामदायी मौसमका लागि आधुनिक समाधानहरू

    ११४ बर्षको लामो ईतिहास बोकेको विश्वबिख्यात अमेरिकी नम्बर १ ब्रान्ड ब्लाक्क

अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार