दरबारमार्ग काण्डका बलात्कार आरोपीले प्रहरी समक्ष यसरी गरे आत्मसमर्पण



हाम्रो इकोनोमि

 

 

दरबारमागको ल्याण्डमार्क होटलमा सामूहिक बलात्कार गरी मिलापत्र प्रयास गर्ने समूहका एक मुख्य अभियुक्तले अदालतमा आत्मसमर्पण गरेका छन् ।

 

गत माघ ७ गते राती भएको ‘सामूहिक बलात्कार’ प्रकरणका मुख्य अभियुक्त  विकास गौतमले आत्मसमर्पण गरेका हुन् ।

उनले बुधबार साँझ ५ बजे जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका हुन् ।
बलात्कारपछि गौतम भारतमा लुकेर बस्दै आएका थिए । उनीविरुद्ध इन्टरपोलले पनि नोटिस जारी गरेको थियो ।

बलात्कृत युवतीको केटा साथी रामेछापका शैलेस कार्कीसहितको समूहले होटलमा सामूहिक बलात्कार गरेको घटनामा दरबारमार्गका तत्कालिन प्रहरी इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीसहितका प्रहरी अधिकृतहरुले गुपचुपमा मिलात्रप गराएका थिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौंले समिति गठन गरेर अनुसन्धान गर्दै इन्सपेक्टर ठकुरी र मुद्दा शाखाका प्रहरी नायब निरीक्षक (सई) चन्द्र भण्डारीलाई निलम्बन गरेको थियो ।

मुख्य अभियुक्त गौतम करोडपति व्यवसायी हुन् । सोही कारण पैसाकै आडमा उनले मुद्दा मिलाउने प्रयास गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...