दरबारमार्ग काण्डका बलात्कार आरोपीले प्रहरी समक्ष यसरी गरे आत्मसमर्पण



हाम्रो इकोनोमि

 

 

दरबारमागको ल्याण्डमार्क होटलमा सामूहिक बलात्कार गरी मिलापत्र प्रयास गर्ने समूहका एक मुख्य अभियुक्तले अदालतमा आत्मसमर्पण गरेका छन् ।

 

गत माघ ७ गते राती भएको ‘सामूहिक बलात्कार’ प्रकरणका मुख्य अभियुक्त  विकास गौतमले आत्मसमर्पण गरेका हुन् ।

उनले बुधबार साँझ ५ बजे जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका हुन् ।
बलात्कारपछि गौतम भारतमा लुकेर बस्दै आएका थिए । उनीविरुद्ध इन्टरपोलले पनि नोटिस जारी गरेको थियो ।

बलात्कृत युवतीको केटा साथी रामेछापका शैलेस कार्कीसहितको समूहले होटलमा सामूहिक बलात्कार गरेको घटनामा दरबारमार्गका तत्कालिन प्रहरी इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीसहितका प्रहरी अधिकृतहरुले गुपचुपमा मिलात्रप गराएका थिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौंले समिति गठन गरेर अनुसन्धान गर्दै इन्सपेक्टर ठकुरी र मुद्दा शाखाका प्रहरी नायब निरीक्षक (सई) चन्द्र भण्डारीलाई निलम्बन गरेको थियो ।

मुख्य अभियुक्त गौतम करोडपति व्यवसायी हुन् । सोही कारण पैसाकै आडमा उनले मुद्दा मिलाउने प्रयास गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...

महाधिवेशन रोक्न खोजे विशेष महाधिवेशन : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन रोक्ने काम भए देशभरका...

युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...