विमानस्थलको पार्किङ क्षेत्रबाट अवैध सुनका बालासहित दुईजना पक्राउ



 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले अवैध सुनका गहनासहित दुईजनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा नवलपरासीका ३० वर्षीय डोलराज न्यौपाने र एकजनाको नाम खुल्न बाँकी रहेको महानगरीय प्रहरी टेकुले जनाएको छ।

 

बुधबार साँझ उनीहरूको साथबाट प्रहरीले करिब २ सय ९२ ग्राम सुनको ६ वटा अवैध बालासहित पक्राउ गरेको हो। उनीहरूले विदेशबाट आएका यात्रुहरूसँग सुनका बालाहरू खरिद गरेको प्रहरीको भनाइ छ।

 

यसबारेमा थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा गार्डका प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्