बलात्कार प्रयासमा पक्राउ भारतीय युवा प्रहरी चौकीबाट भागे



हाम्रो इकोनोमि

 

 

एक १३ वर्षीया किशोरी बलात्कारको प्रयास गरेको अभियाोगमा पक्राउ परेका एक आरोपी सुरक्षा घेरा तोडेर फरार भएका छन् ।

 

दक्षिण ललितपुरको महांकाल गाउँपालिकाका निवासी १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोप लागेका २० वर्षीय बब्लुकुमार बिहीबार बिहान प्रहरीको घेरा तोडेर भागेका हुन् ।

 

महांकालमा बसेर एक ग्रील फ्याक्र्टीमा काम गर्दै आएका भारतको देदियाका बब्लु कुमारले हिजो राति १० बजेतिर सुतिरहेकी किशोरीलाई जबरजस्ती करणी गर्न  खोजेका थिए । बालिका चिच्याएपछि बब्लु भागेका थिए ।

 

तर बालिकाका बाआमाले उनलाई समाएर प्रहरी चौकी गोटीखेलमा बुझाएको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिए । उनले प्रहरीले नै ती अभियुतmलाई भगाएको आरोप लगाएका छन् ।

 

तर महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजकुमार खिउजुले यस घटनाबारे प्रहरीले राति साढे तीन बजे थाहा पाएको जानकारी दिँदै उसलाई चार बजे इलाका प्रहरी कार्यालय टुंगुंनमा राखिएको बताए ।

 

उनलाई टुंगुनबाट चापागाउँ प्रहरी वृत्तमा ल्याउने तरखर भइरहेको समयमा गाउँपालिकाका अध्यक्ष दाहाल आएर केरकार गर्दै हातपात गरेपछि उनी त्यहाँबाट भागेका बताए ।

 

खिउजुले भने ‘भागेका उनलाई हालसम्म पक्राउ गर्न सकिएको छैन ।’ यस घटनाबारे थप बुझ्न र छलफल गर्न डीएसपी खिउजुको टोली घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...