बलात्कार प्रयासमा पक्राउ भारतीय युवा प्रहरी चौकीबाट भागे



हाम्रो इकोनोमि

 

 

एक १३ वर्षीया किशोरी बलात्कारको प्रयास गरेको अभियाोगमा पक्राउ परेका एक आरोपी सुरक्षा घेरा तोडेर फरार भएका छन् ।

 

दक्षिण ललितपुरको महांकाल गाउँपालिकाका निवासी १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोप लागेका २० वर्षीय बब्लुकुमार बिहीबार बिहान प्रहरीको घेरा तोडेर भागेका हुन् ।

 

महांकालमा बसेर एक ग्रील फ्याक्र्टीमा काम गर्दै आएका भारतको देदियाका बब्लु कुमारले हिजो राति १० बजेतिर सुतिरहेकी किशोरीलाई जबरजस्ती करणी गर्न  खोजेका थिए । बालिका चिच्याएपछि बब्लु भागेका थिए ।

 

तर बालिकाका बाआमाले उनलाई समाएर प्रहरी चौकी गोटीखेलमा बुझाएको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिए । उनले प्रहरीले नै ती अभियुतmलाई भगाएको आरोप लगाएका छन् ।

 

तर महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजकुमार खिउजुले यस घटनाबारे प्रहरीले राति साढे तीन बजे थाहा पाएको जानकारी दिँदै उसलाई चार बजे इलाका प्रहरी कार्यालय टुंगुंनमा राखिएको बताए ।

 

उनलाई टुंगुनबाट चापागाउँ प्रहरी वृत्तमा ल्याउने तरखर भइरहेको समयमा गाउँपालिकाका अध्यक्ष दाहाल आएर केरकार गर्दै हातपात गरेपछि उनी त्यहाँबाट भागेका बताए ।

 

खिउजुले भने ‘भागेका उनलाई हालसम्म पक्राउ गर्न सकिएको छैन ।’ यस घटनाबारे थप बुझ्न र छलफल गर्न डीएसपी खिउजुको टोली घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...

महाधिवेशन रोक्न खोजे विशेष महाधिवेशन : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन रोक्ने काम भए देशभरका...

युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...