तितेपातीबाट तेल उत्पादन



 

 

तितेपातीबाट सुगन्धित तेल उत्पादन ! झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ।

 

तर, खोटाङको पाथेकामा खेर गइरहेका तितेपाती प्रशोधन गरेर तेल उत्पादन थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका स्थानीयले करिब ३५ लाखको लगानीमा तितेपाती प्रशोधन उद्योग स्थापना गरेर सुगन्धित तेल उत्पादन सुरु गरेका हुन्।

 

समृद्धि पथ एग्रो कम्पनी प्रालिद्वारा सञ्चालित सुगन्धित तेल प्रशोधन उद्योग पाथेकाको तापखोलास्थित त्रिवेणी शनिबारेमा भदौ ३ गते उद्घाटन गरिएको थियो ।

 

स्थानीय लगानीकर्ता अग्नीप्रसाद राई, मुगाधन राई, राजकर्ण राई, अबिराज राई, हेमराज राई लगायत नौजना लगानीकर्ताको लगानीमा त्रिवेणीमा तितेपातीको तेल उत्पादन गर्ने उद्योग स्थापना गरिएको हो।

 

गाउँका डाँडापाखामा जताततै पाइने र त्यसै खेर गइरहेका वनस्पती तितेपातीको सदुपयोग गर्नका लागि सुगन्धित तेल प्रशोधन उद्योग सुरु गरिएको लगानीकर्तासमेत रहेका पाथेकाका वडाध्यक्ष मुगाधन राईले बताए ।

 

‘हाम्रो गाउँघरमा प्रशस्त मात्रामा तितेपाती भएकाले तेल उत्पादन गर्ने उद्योगमा लगानी गरेका हौं,’ वडाध्यक्ष राईले भने, ‘यो खेर गइरहेका स्थानीय स्रोतलाई प्रशोधन गरेर सम्पत्तिमा बदल्ने एउटा प्रयास हो।’

तितेपातीको बोट प्रशोधनबाट हालसम्म २५ लिटर सुगन्धित तेल उत्पादन भइसकेको वडाध्यक्ष राईले बताए । २०–२२ दिनसम्म परीक्षण गरेपछि सुगन्धित तेल प्रशोधन उद्योगलाई औपचारिकरुपमा उद्घाटन गरिएको हो ।

 

यसअघि पाथेकाको नाखाममा मछिनोको तेल प्रशोधन उद्योग स्थापना गरिएको थियो । त्यही मछिनो उद्योग सञ्चालन गर्नेक्रममा तितेपातीबाट पनि तेल निकाल्ने सोच अघि बढेको राईले बताए । हरेक वर्ष उत्तिकै मात्रामा उम्रिरहने भएकाले तितेपातीको तेल उत्पादन उद्योगको सम्भावना प्रचूर रहेको स्थानीय बताउँछन्।

 

औषधिकारुपमा प्रयोग गरिने तितेपातीको तेलको माग फोनमार्फत आउन थालिसकेको छ । काठमाडौंबाट कतिपयले प्रतिलिटर साढे आठ हजारका दरले तेलको माग गर्न थालेको राईले बताए । ‘हामीले तेल उत्पादन थाले लगत्तै काठमाडौंतिरबाट माग आउन थालेको छ,’ उनले भने, ‘तर मेहनत परे अनुसार साढे आठ हजारमा बिक्री गर्न सकिने स्थिति छैन । राम्रो बजारको खोजीमा छौं ।’ बजारमा तितेपातीको तेलको भाउ राम्रो भएकाले उद्योगी उत्साहित छन्।

 

सञ्चालकका अनुसार तेल निकाल्नका लागि एक पटकमा करिब सात सय केजी तितेपाती पकाउनु पर्ने हुन्छ । करिब ७ घण्टा निरन्तर आगो लगाएर पकाउनुपर्ने हुनाले बिहान ५ बजेदेखि राती ११ बजेसम्म काम गर्दा दुई पटकमा करिब दुई लिटर तेल निकाल्न सकिन्छ ।

 

सात सय केजी तितेपातीको एक घानबाट करिब एक लिटर तेल निकाल्न सकिने सञ्चालक बताउँछन् । तितेपाती संकलन गरेर उद्योगका उपकरणमा आगो लगाएर वाष्पीकरण बिधिबाट पकाएर तेल निकाल्ने गरिन्छ । प्रजाति अनुसार कतिपय तितेपातीबाट कम र कतिपय तितेपातीको बोटबाट बढी तेल निस्कने हुन्छ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्