नेकपामा गुटको अस्तित्व छैन, गुट चलाउने आफै सकिन्छन्



 

असोज १७ गते नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनको सन्दर्भमा एउटा ऐतिहासिक दिन हो । नेपालका दुईवटा ठूला कम्युनिस्ट पार्टीहरूले साझा घोषणपत्र र साझा उम्मेदवार लिएर हामी चुनावमा जान्छौँ र चुनाव लड्छौँ ।

 

राजनीतिक स्थायित्व सुनिश्चित गर्छौँ । देशलाई विकास, समृद्धि र सामाजिक न्यायतर्फ अगाडि लिएर जान्छौँ । विकासतर्फ अगाडि लिएर जान्छौँ भनेर सार्वजनिक रूपले प्रतिबद्धता व्यक्त गरेको दिन हो ।

 

नेपाल कम्युनिस्ट पार्टीभित्र जनताले गुटको अस्तित्व देख्ने खालको क्रियाकलाप कहीँ कतैबाट भयो भने त्यो गलत हुन्छ । हामी नेपाल कम्युनिस्ट पार्टीलाई गुटको फेडरेसन होइन एउटा एकताबद्ध सुदृढ पार्टीका रूपमा अगाडि बढाउन चाहेका छौँ । हाम्रा आजसम्मका समस्त क्रियाकलाप त्यही उद्देश्यका निम्ति केन्द्रित छन् ।

 

त्यसकारण मलाई लाग्दैन कि यो पार्टीमा गुटको अस्तित्व रहन्छ । गुटहरू बन्छन् । हामी गुटलाई समाप्त गर्छौं । पार्टीलाई विधिका साथ एकताबद्ध भएर सञ्चालन गर्छौं । विगतका कतिपय प्रवृत्तिहरू विभिन्न ढङ्गले विभिन्न ठाउँमा प्रकट हँुदा हुन् । तर अब त्यो नेपाल कम्युनिस्ट पार्टीको मुख्य प्रवृत्ति बन्दैन ।

 

नेपाल कम्युनिस्ट पार्टीभित्र गुटको अस्तित्व सम्भव छैन । गुट जन्मिनका लागि, गुट फैलिनका लागि त्यस प्रकारको अनुकूल वातावरण पार्टीभित्र हुँदैन । हामी ढुक्क छौँ । देश र प्रदेशमा रहनु हुने नेपाली, जो नेपाल कम्युनिस्ट पार्टीको उज्ज्ववल भविष्य चाहनुहुन्छ । म उहाँहरू सबैमा आश्वस्त पार्न चाहन्छु ।

 

 

पार्टीभित्र असन्तुष्टिको पाटो 
पार्टीमा देखिएका पछिल्ला असन्तुष्टिका बारेमा मैले धेरै मिडियामा बोलेको छु । एउटै कुरा बारम्बार दोहोर्याउँदा गुण धेरै चपाए जस्तो हुन्छ । म यति भन्न चाहन्छु, पार्टी विधिमा चलेको छ । अब पनि चल्छ । दुई अध्यक्षमा अधिकार केन्द्रित गर्ने हाम्रो सोच पनि छैन । अध्यक्षहरू स्वयम्ले त्यसरी चाहनु भएको छैन ।

 

सम्पूर्ण रूपमा भन्ने हो भने पार्टी सदस्यहरूमा अधिकार छ । पार्टी सदस्यहरूको अधिकारलाई विभिन्न तहका कमिटीहरूमा हस्तान्तरण गर्ने गर्छौं । अधिकार व्यक्तिमा केन्द्रीकृत भइरहेको छ ।

 

अझै हुँदैछ भन्ने कुरा विल्कुल गलत हो । हामी त्यो चीजमा विश्वास नै गर्दैनौँ । स्थायी कमिटीका बारेमा हाम्रो विधानमा निश्चित व्यवस्था छ । समय अवधि पनि तोकिएको छ । तोकिएको समयावधिका हिसाबले स्थायी कमिटीको बैठक बस्ने बेला भयो । हामी अब स्थायी कमिटीको बैठकमा आवश्यक गृहकार्यसहित जान्छौँ ।

 

पार्टीमा समस्याको समाधान  
हामीले व्यक्तिको मुख हेर्ने होइन । हामी विधिको चस्माबाट समस्याको समाधान खोज्ने खोज्छौँ । यसक्रममा सम्बन्धित सबै व्यक्ति पात्रका निम्ति हामीले एउटा यथोचित मर्यादा र सम्मानका साथ उपहार गर्छौँ । उपयुक्त जिम्मेवारी प्रदान गर्ने हाम्रो प्रयास रहन्छ । एउटा कोसिस के छ भने स्थायी कमिटीले गरेका निर्णय कहिल्यै पनि अन्तिम हुँदैनन् ।

 

त्यो पनि केन्द्रीय कमिटीमा जानु पर्छ । सचिवालयहरूले गरेका निर्णय पनि अन्तिम हुँदैनन् । त्यो पनि स्थायी कमिटीमा जानुपर्छ । कहिले निर्णय अनुमोदनका निम्ति लगिन्छ, कहिले प्रस्तावका रूपमा लगिन्छ । विधानले दिएका सीमासम्मको अधिकारलाई प्रयोग गर्छ सचिवालयले । आवश्यक विषयहरूमा उसले निर्णय गर्छ ।

 

आवश्यक विषयहरूमा प्रस्ताव तयार गर्छ । प्रस्ताव तयार गरेको छ भनेदेखि त्यो प्रस्ताव लिएर सचिवालय स्थायी कमिटीको बैठकमा जान सक्छ । निर्णय गरेको छ भने त्यो निर्णयलाई अनुमोदनको प्रस्ताव लिएर स्थायी कमिटीमा जानुपर्छ सचिवालय ।

 

सचिवालयको निर्णय अन्तिम होइन, स्थायी कमिटीको निर्णय पनि अन्तिम भन्ने होइन, त्यसो त केन्द्रीय कमिटीले गरेका निर्णयहरू महाधिवेशनप्रति पनि उत्तरदायी भएर गर्नुपर्छ ।

 

एकतापछिको अवस्था
हामीले के कुरामा जोड दियौँ भने पार्टी एउटा परिवार जस्तै विधिमा, व्यवस्थपनमा सञ्चालित हुन्छ । एउटा क्लब पनि विधि निर्माण गरेर सञ्चालन हुन्छ । त्यसमा पनि यति ठूलो पार्टी । यसको व्यवस्थापन प्रभाकारी विधिका आधारमा मात्रै सञ्चालन सम्भव छ भन्ने निष्कर्षमा हामी थियौँ । त्यसैको नतिजा हामीले लामो व्यवस्थित गृहकार्य गरी विधान र नियमावली तयार गरेका छौँ ।

 

विधान र नियमावली हाम्रो पार्टीको सङ्गठनात्मक जीवनलाई मार्गदर्शन गर्ने महत्वपूर्ण दस्तावेज हो । केन्द्रीय तहको एकता भयो । विधान र नियमावली पनि हामीले तयार गर्यौैं । प्रदेश, जिल्ला तहमा हाम्रो एकता कसरी गर्ने भन्ने प्रश्न हाम्रोसामु उपस्थित भयो । हामीले के सोच्यौँ भने अहिले अधिवेशन गरेर, सम्मेलन गरेर कमिटीहरू निर्माण हुन सक्दैनन् । यतिबेला मनोनितको माध्यमबाट कमिटीहरू निर्माण गर्ने हो ।

 

मनोनयनको माध्यमबाट कमिटीहरू बनाउँदा तलको विचार र सुझावलाई सङ्गठित गर्न उचित हुन्छ भन्ने ठानेर हामीले कार्यदलहरू निर्माण गर्यौँ । जनवर्गीय सङ्गठनको एकता प्रक्रियालाई अगाडि बढाउन र सुझाव सल्लाहा दिने प्रयोजनका लागि हामीले कार्यदलहरू बनायौँ ।

 

कार्यदल बनाउँदा हामीले एउटा मापदण्डमा आधारित भएर बनायौँ । को मान्छे रहन्छ, को मान्छे रहँदैन भनेर हामीले मान्छेको मुख हेरेनौँ । पहिला मापदण्ड बनायौँ । मापदण्डले कार्यदल तयार गर्यौँ । कार्यदलहरूले आआफ्नो तहमा काम गरे । कार्यदलले आफ्नो काम गरे । उनीहरूले सिफारिस गरेका छन् ।

 

अहिले कार्यदलका सिफारिसहरूमा प्रवेश गरेर हामीले छलफल गर्न र निर्णय गर्न भ्याएका छैनौँ । यसबीचमा हामीले प्रदेश तहका चार पदाधिकारीको टुङ्गो लगाएका छौँ । त्यसबाहेक अरू कमिटीको एकीकरण बाँकी छन् । जिल्ला तहभन्दा माथिका कमिटी बनाउने जिम्मा तिनै कार्यदलाई दिइएको छ । जनवर्गीय सङ्गठनको एकता प्रक्रियामा पनि हामी औपचारिक रूपमा प्रवेश गर्न पाएका छैनौँ ।

 

हामीले सोचेको के छ भने निर्णय समस्याको समाधान हो । निर्णय समस्याको समाधान बनेर आउनुपर्छ । निर्णयले समस्या सिर्जना गर्न हुँदैन । त्यसकारण हामी सुविचारित ढङ्गले निर्णयमा पुग्नका लागि अलिकति समय लिएका छौँ ।

 

अब यो कामलाई निश्चित अवधिभित्र टुङ्ग्याउँछौँ । हाम्रो पार्टी विधिसम्मत ढङ्गले, प्रभावकारी ढङ्गले र गतिशील रूपमा अगाडि बढ्छ । अहिले पनि पार्टी विधिम्मत चलेको छ ।

 

गठबन्धन र एकताको व्यावहारिक पाटो 
हुन त असोज १७ गतेको प्रसङ्ग पुरानो भइसक्यो । हामीले यो घटनाको परिणाम सार्र्वजनिक हुँदा आकस्मिक, चामत्कारिक, जादुमय भनेर टिप्पणी गरिएका हुन् । अन्तर्यमा नगई बाहिरबाट हेर्दा त्यस्तो देखिन्थ्यो पनि तर यथार्थमा सघन गृहकार्यको परिणाम थियो असोज १७ गते । सघन गृहकार्यको नतिजा थियो जेठ ३ गते ।

 

त्यो जेठ ३ गतेमा पुग्नका लागि त्यसबीचमा धेरै किसिमका औपचारिक र अनौपचारिक वार्ताहरू, छलफलहरू भएका छन् । त्यसका लागि पार्टी एकता संयोजन समिति बनाएर हामीले कार्य गरेका छौँ । लामो समयको कसरतको नतिजा थियो जेठ ३ गते ।

 

भूकम्पपछि बडो असहज परिस्थिति सिर्जना भएको थियो । भूकम्पको सामना गर्ने पनि छ ।  संविधान निर्माण गर्नुपर्ने पनि छ । राष्ट्र ठूलो विपतमा आइपर्यो त्यतिबेला । भूकम्पको सामना पनि मिलेर गरौँ र राष्ट्रलाई संविधान दिने काम पनि मिलेर गरौँ भन्ने निष्कर्षमा हामी पुग्यौँ । धेरै नै संवाद, छलफल विर्मशमा हामी पुग्यौँ । परिणामतः हामी मिलेरै संविधान निर्माण गर्नमा सफल भयौँ ।

 

यदि हामीले संविधान निर्माण गर्न नसकेको भए त मुलुक दुर्घटनातिर जान्थ्यो । त्यो परिस्थितिको मूल्याङ्कन गरीकन हामीले संविधान निर्माण गर्यौँ । संविधान निर्माणको पृष्ठभूमिमा जुन प्रकारको सहकार्य थियो, त्यो सहकार्यले हामीलाई संविधानपछि निर्वाचन तालमेलका लागि एउटा आधार दिएको थियो ।

 

निर्वाचनको तालमेल गर्ने ठाउँ असोेज १७ गतेको विन्दुमा आइपुग्याँै । असोज १७ गतेले जेठ ३ गतेका लागि आधार तयार गर्यो । यो बाहिरबाट देखिएजस्तो चामत्कारिक भन्ने कुरा होइन । यो सुचारिक र योजनाबद्ध नै हो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्