एक वर्षअघि यसरी भएकाे थियाे वाम गठबन्धनको घोषणा



 

तत्कालिन नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको हैसियतमा थियो । यस्तै तत्कालिन माओवादी केन्द्र भने नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागि थियो ।

 

तीन चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएर दलहरु प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेकै बेला मध्ये दशैंमा एकाएक वाम गठबन्धनको घोषणा भयो ।

 

जबकी राष्ट्रियताको मुद्दा चर्काउँदै आन्दोलनमा समेत होमिएको तत्कालिन एमाले र माओवादी केन्द्रबीच लगभग पानी बाराबारको अवस्था थियो ।

 

अत्यन्तै गोप्य ढंगले वाम गठबन्धन बनाउने तयारीमा जुटेका तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७४ असोज १६ गतेमात्रै वाम एकतागर्ने सम्बन्धी निर्णय भई सार्वजनिक भएको थियो । मध्ये दशैंमा गरिएको यो निर्णयले राजनीति एकाएक तातिएन मात्रै स्वयम् तत्कालिन एमाले र माओवादीका नेता कार्यकर्तासमेत चकित हुन पुगेका थिए ।

 

१६ गतेको निर्णयसँगै १७ गते राष्ट्रियसभा गृहबाट वाम गठबन्धनको घोषणा भएको थियो । यो गठबन्धन निर्माण प्रक्रियामा सुरुमा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई समेत जोडिएका भएपनि पछि चुनावी प्रक्रियामा टिकटको भागबण्डा नमिलेसँगै बाहिरिएका थिए ।

 

तर तत्कालिन एमाले र माओवादी भने वाम गठबन्धनको घोषणासँगै निरन्तरको छलफल र समझदारीपछि एकीकृत भए । गत जेठ ३ गते यी दुई पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ ।

 

यसो त एकताअघि नै  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेर यी दल केन्द्रमा दुई तिहाई नजिक सिट हासिल गर्न सफल भए ।  अहिले नेकपाकै सरकार रहेको अवस्थामा काँग्रेस कमजोर अवस्थामा प्रतिपक्षमा रहेको छ ।

 

कसरी सम्भव भयो एकताको अध्याय ?
२०७४, भदौ महिना अघि सम्मपनि तत्कालिन माओवादी अध्यक्ष प्रचण्ड एमालेलाई सिद्धाएपछि मात्र माओवादी पहिलो पार्टी बन्छ भन्दै थिए । स्थानीय तहको पहिलो चरणको चुनावमा कांग्रेससंग तालमेल गरेका प्रचण्डले कांग्रेससंगको सहकार्य दूरगामी महत्वको रहेको बताउँदै आएका थिए ।

 

विगतमा ‘भ्यागुताको धार्नी’ भनेर टिप्पणी गर्ने गरिएको वामपन्थी एकता अहिले सफल नै बन्न सफल बनेको छ  तर अहिले भने राजनीतिलाई नै चकित बनाइदिने एकता कसरी सम्भव भयो भन्नेमात्रै चर्चा गरिएको छ ।

 

नेपालमा एउटै मात्र कम्युनिष्ट पार्टी बनाउने चर्चा लामो समयदेखि चल्दै आएको थियो, तर व्यबहारमा त्यसो हुन सकिरहेको थिएन् । बेलाबखत प्रचण्ड स्वयमले पनि वामपन्थी एकताको कुरा गर्ने गरेका थिए ।

 

कतिपयलाई आश्चर्य चकित तुल्याउनेगरी भएको तत्कालिन एमाले–माओवादी सहकार्य र एकताका प्रमुख सुत्रधारको रुपमा वामदेव गौतलाई लिइँदै आएको छ । गौतमले लामो समयदेखि ‘असम्भव’ ठानिएको काममा हात हालेका थिए ।

 

दोस्रो संविधानसभा चुनावमा धक्का खाएको माओवादीले पहिलो दल बन्ने आश मारिसकेको थियो । यस्तै निराशाका कारण प्रचण्डले बेला बखत माओवादी बिघठनको कुरा समेत उठाउने गरेका थिए ।

सधैभरी राजनीतिक अस्थिरताका कारण देशमा अर्थिक विकास हुन नसकेको भनेर राजनीतिक दलको चर्कोे आलोचना हुने गरेको अवस्थामा दुई दल सुशासन, स्थिरता र विकासको एजेण्डा बोकेर एकता प्रक्रियामा होमिएका थिए ।

 

यो एकता प्रक्रियालाई सफल बनाउन तत्कालिन माओवादी केन्द्रका नेता जनार्दन शर्मा, एमालेका नेता विष्णु पौडेलको पनि महत्वपूर्ण भूमिका रहेको थियो ।

 

दुई पक्षीय नेताहरुबीच भित्रभित्रै विभिन्न चरणमा छलफल हुँदै पहिला चुनावी गठबन्धन गर्ने र त्यसपछि एकता नै गर्नेगरी वाम गठबन्धनको घोषणा गर्नेगरी समझदारी बनेको थियो । सो उद्देश्यले अहिले मूर्तरुप लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश

     चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख

बालेन र रविदेखि आशिका तामाङसम्मको बचाउमा उत्रिए प्रचण्ड

    सत्ताबाट बाहिरिएपछि राज्यसत्तासँग असन्तुष्ट व्यक्ति र समूहसँग अघोषित सहकार्यमा उत्रिएका माओवादी

रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

    चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक

पोखरा फाइनान्सका सीईओ रविचन्द्र गुरुङ पदमुक्त

  पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ