पारिवारिक तनावमा नायिका निरुता सिंह



हाम्रो इकोनोमि

 

कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्रजसो राज गरेकी नायिका निरुता सिंह अहिले पारिवारिक तनावमा छिन् ।

 

अहिले उनी विरामी बाबुको उपचारका लागि मुम्वइमा छिन् । उनले मुम्बइबाटै भनेकी छन्, ‘मेरा लागि अहिले बुबा प्राथमिकतामा हुनुहुन्छ, यसैले कुनै फिल्ममा तत्काल काम गर्दिन ।’ उनले बुबालाई कस्तो विरामीको उपचार गराइरहेकी छन् भन्ने चाँहि खुलाएकी छैनन् ।

 

उनले काम गर्ने पक्का भएको एक चलचित्रबाट हात झिकेकी छिन् । उज्ज्वल घिमिरेको निर्देशनमा अहिले दार्जिलिङ्गमा छायांकन भइरहेको चलचित्र ‘लभ स्टेशन’ बाट निरुताले हात झिकेकी हुन् ।

 

गोविन्द शाहीको निर्माणमा गत शुक्रबारदेखि यो चलचित्रको छायांकन शुरु भएको छ । ५० दिनको सेड्यूलसहित यसको निर्माणपक्ष भारत लागेको हो । नायिका निरुता सिंह र नायक उत्तम प्रधानको जोडीलाई फेरि एक पटक पर्दामा ल्याउने तयारी निर्देशक घिमिरेको थियो ।

 

तर, निरुताले भने अन्तिम समयमा आएर चलचित्रमा काम नगर्ने जानकारी दिएकी हुन् । निरुताले भनिन्, ‘मलाई लभ स्टेशनमा काम गर्न खुबै मन थियो । तर, बुबाको उपचारका कारण समय दिन सकिनँ ।’

 

निरुताले मंसिर १ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘दाल भात तरकारी’ मा भने काम गदैछिन् । चलचित्र ‘नाई नभन्नु ल ५’ मा काम गरेपछि निरुताको डिमाण्ड चरित्र अभिनेत्रीमा खुबै बढेको छ । यो चलचित्रमा प्रदिप खड्का र जसिता गुरुङको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...