निर्मला काण्डमा प्रहरीले हान्यो आफ्नै खुट्टामा बञ्चरो, फस्यो फेरि



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको जबर्जस्ती करणीपछि हत्या भएको सम्बन्धमा सङ्कलित डिएनएन नमूना परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा समेत भएको जनाएको छ ।

 

प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार कञ्चनपुर भीमदत्त नपा–२ उल्टाखामकी पन्तको हत्या भएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, उनका छोरा किरणराज र स्थानीय आयुष विष्टबाट सङ्कलिन डिएनए विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको बताए ।

 

डिएनए परीक्षणका सम्बन्धमा फरक आशयका साथ समाचार आएपछि प्रहरीको तर्फबाट थप स्पष्ट पार्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको निकायबाट समेत परीक्षण भएको जनाएको हो ।

 

तीन जनाको परीक्षण नेगेटिभ आएपछि प्रहरीले अहिले थप परीक्षण भएको बताएर फेरि फसेको छ ।

 

प्रहरीले विभिन्न ठाउँमा परीक्षण गरेको भए पहिले नै भन्न सक्ने थियो । भनेन । यसले गर्दा यदि प्रहरीले फरक फरक ठाउँमा परीक्षण गरेको भए पनि अहिले खुलाउँदा थप फसेको छ ।

किनकि प्रहरीले लगातार ढाँट्दै आएको छ ।

 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको सन्दर्भमा त्यति नै बेला प्रमाणहरु नष्ट गरिएका थिए । प्रमाण नष्ट गर्दैगर्दाका तस्वीरहरु सार्वजनिक भएकै हुन् ।

 

प्रहरीले तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टको सरुवा गरेकै हो । अनि प्रहरी प्रमुख सर्वेन्द्र खनाल कञ्चनपुर पुगेरै नेतृत्वको नालायकी भनेकै हुन् ।

 

यी कुराहरुलाई आधार बनाउँदा प्रहरीभित्रबाटै गद्दारी भएकै छ । होइन भने यसको छिनोफानो प्रहरीले गर्ने नै थियो ।

प्रहरी नेतृत्वले पटक यो काण्डमा आफ्नो खुट्टामा बञ्चरो हान्ने काम गरेको छ ।

 

नेकपाभित्रै शंका बढ्यो 
नेकपाको मन्त्रिमण्डल एक हतासको मानसिकता लिएर अगाडि बढेको छ । जसले गर्दा गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा गएर निर्मला काण्डबारे अर्कै बोल्दै आएका छन् भने बाहिर हुने कार्यक्रममा समय आएपछि निर्मलाको प्रतिवेदनबारे बोल्ने बताएका छन् ।

 

ठूलो रकम खर्चेर तयार पारिएको प्रतिवेदन उनलाई लुकाउन पक्कै हैन । तर उनले समय आएपछि खोल्छु भन्नुको कारण के हो ? फेरि के को दवावमा परे उनी ?

 

त्यसो त उनले आफू घेराबन्दीमा परेको बताएका छन् । विपक्षीले घेराबन्दी पार्न जनमत छैन । घेराबन्दी आफ्नैले पार्ने हुन् । तसर्थ नेकपाभित्रबाटै बादललाई दवाव आएकै हो त ?

 

अनि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अमेरिका भ्रमणकै क्रममा भने निर्मलाको बलात्कारपछि भएको हत्याकाण्डको हत्यारा पत्ता लाग्न १२ वर्षसम्म पनि लाग्न सक्छ ।

 

यसरी देशको अभिभावकले विदेशमा गएर ‘जोक’ गर्नु हुँदैनथ्यो । यो गम्भीर विषय हो । मुलुक बलात्कार र हत्याले आक्रान्त छ । अहिले अरु सबै कुरा छाडेर सुसज्जित समाज बनाउन लाग्नुपर्ने हो ।

 

चेतना दिन लाग्नुपर्ने हो । तर प्रधानमन्त्रीले ख्यालठट्टा जस्तो गरिदिए । पीडितलाई उनको भनाईले कति गहिरो चोट लाग्छ होला भनेर पनि ख्याल गरेनन् ।

 

गृहमन्त्रीको घेराबन्दी र प्रधानमन्त्रीको १२ वर्षमा त खोलो पनि फर्किने समय दिएर कतै यो घटनामा नेकपा नराम्ररी फस्यो भन्ने संकेत त हैन ?

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...