तेलको मूल्य १०० डलर प्रतिब्यारेल, नेपालमा अझै बढने संकेत



 

 विश्व बजारमा कच्चा तेलको मूल्य बढ्दो क्रममा छ । सन् २०१४ यता पहिलो पटक कच्चा तेलको मूल्य १०० अमेरिकी डलरप्रतिब्यारेलमा पुग्नसक्ने अनुमान विश्लेषकहरुले गरेका छन् । जसले विश्व अर्थतन्त्रमा केही मुलुकहरुलाई फाइदा हुने देखिन्छ भने केहीले नोक्सानीको सामना गर्नेछन् ।

 

.तेल निर्यातकर्ताहरुको लागि तेलको मूल्यमा उल्लेख्य वृद्धि हुने खुसीको कुरा हो । उनीहरुको राजस्वमा व्यापक वृद्धि हुनसक्ने देखिन्छ । यद्यपि तेल धेरै खपत गर्ने मुलुकहरुको लागि भने तेलको मूल्यमा वृद्धि हुनु टाउको दुखाइको विषय बन्नसक्छ । यसले केही हदसम्म मुद्रास्फीतिदर तथा मागमा प्रभाव पार्नसक्ने देखिन्छ ।

 

अर्थविद्हरुले अहिले देखिएको तेलको मूल्यमा वृद्धिको नतिजाले विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्नसक्ने देखिन्छ । यद्यपि यस किसिमको गिरावट सन् २०११ भन्दा पछि देखिएको तेलको मूल्यमा वृद्धिपछि र्आको गिरावटको तुलनामा भने केही कमजोर रहने उनीहरुले बताएका छन् ।

 

यस वर्षको सुरुवातदेखि अहिलेसम्मको अवधिमा ब्रेन्ट कच्चा तेलको मूल्यमा २२ प्रतिशतको वृद्धिदर हासिल भइसकेको छ । भने अझै पनि तेलको मूल्य बढ्दो क्रममा रहेको छ ।

 

१. विश्वको अर्थिक वृद्धिदरमा यसको कस्तो असर पर्छ ? 

तेलको मूल्य उच्च रहनुले विश्वका मानिसहरुको घरेलु आम्दानीको नतिजामा असर पार्नसक्ने देखिन्छ भने उपभोक्ताहरुको खर्च बढ्ने देखिन्छ । यद्यपि त्यसको प्रभाव भने अवस्थाअनुसार फरक पर्न जाने हुन्छ ।

 

यसको सबैभन्दा धेरै प्रभाव युरोपको बजारमा पर्नसक्ने देखिन्छ । युरोपमा धेरै मुलुकहरु तेल आयात गर्ने मुलुकहरु छन् । चीन विश्वको सबैभन्दा ठुलो तेल आयातकर्ता मुलुक हो । साथै यसले आगामी दिनमा मुद्रास्फीतिदरमा पनि सहयोग पुग्नसक्ने देखिन्छ ।

यद्यपि यस्तोमा केही मौसमी प्रभावहरुलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ । उत्तरी गोर्लार्धका मानिसहरु चिसो मौसममा ऊर्जाको खर्च बचाउनका लागि वैकल्पिक ऊर्जामा जानसक्ने देखिन्छ तर अहिले तत्कालका लागि भने होइन ।

 

इन्डोनेसियाले पनि बायोग्यासको योजना अघि सारिरहेको छ । विश्लेषकहरु सन्तुलित किसिमको विश्वको आर्थिक सुधारको लागि तेलको मूल्य एक सयभन्दा माथि रहनु उचित हुने बताउँछन् ।

 

२. तेलको खपत कसरी होला ? 

ब्लमवर्गका अर्थविद्हरु तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्दा विश्व अर्थतन्त्रमा निकै नकारात्मक नतिजा हासिल हुने बताउँछन् । सन् २०११ को बजारसँग मिल्ने केही अवस्था अहिलेको बजारमा नभएको भए पनि तेलको बजारमा नकारात्मक नतिजा भने हासिल हुने उनीहरुको भनाइ छ । तेलको मूल्य उच्च विन्दुमा पुग्नुभन्दा अगाडि नै अर्थतन्त्रमा नकारात्मक असर आउनसक्ने देखिन्छ ।

 

अमेरिका र इरानको बीचमा देखिएको समस्याले पनि तेलको बजारमा महत्वपूर्ण अर्थ राख्नसक्ने देखिन्छ । मध्यपूर्वको एक महत्वपूर्ण तेल निर्यातकर्ता मुलुकमाथि अमेरिकाले तयारी गरिरहेको प्रतिबन्धले उसलाई आर्थिक हिसाबमा समस्यामा पार्नसक्ने देखिन्छ ।

 

अमेरिका इरानलाई भेनेजुयला, लिबिया र नाइजेरियाजस्तै आर्थिक हिसाबमा कमजोर बनाउने दिशामा अघि बढिरहेको देखिन्छ । चरम आर्थिक समस्या र मानिसहरुमा देखिएको अशान्तिको कारण उक्त मुलुकहरु अहिले समस्यामा देखिन्छन् । यद्यपि अझै पनि केही विश्लेषकहरुले भने तेलको म्ूल्य १०० डलर प्रतिब्यारेल नघट्ने देखिन्छ ।

 

३. तेलको मूल्य बढ्दा कसलाई फाइदा ? 

तेलको मूल्य उच्च रहँदा तेल निर्यातकर्ता मुलुकुहरु स्वाभाविकरुपमा लाभान्वित हुनेछन् । प्रमुख तेल निर्यातकर्ताहरुको अर्थतन्त्रमा यसले महत्वपूर्ण सुधार आउनसक्ने देखिन्छ । साउदी अरेबियाले त्यसमा सबैभन्दा धेरै नाफा हासिल गर्ने मुलुक हुनेछ ।

 

सन् २०१६ को विवरणअनुसार साउदीको औसत तेल उत्पादन कूल गार्हस्थ्य उत्पादनको करिब २१ प्रतिशतमा रहेको थियो जुन रसियाको भन्दा दोब्बर हो । तेलको मूल्यमा यस किसिमको नतिजा हासिल भएको खण्डमा अन्य १५ मुलुकहरु पनि लाभान्वित हुनसक्ने विश्लेषकहरुले बताएका छन् ।

 

जसमा नाइजेरिया र कोलम्बियाजस्ता मुलुकहरुलाई पनि केही मात्रामा फाइदा पुग्नसक्ने देखिन्छ । पछिल्लो समय यी दुई मुलुकहरु आर्थिक हिसाबमा सुधारको लागि संघर्ष गरिरहेका छन् ।

 

४. कुन मुलुकहरुलाई नोक्सानी ? 

भारत, चीन, ताइवान, चिली, टर्की, इजिप्ट र युक्रेनजस्ता मुलुकहरु तेलको मूल्य उच्च विन्दुमा रहेको अवस्थामा आर्थिक हिसाबमा समस्यामा पर्ने मुलुकहरु हुन् । तेलको लागि धेरै रकम तिर्नुपर्ने अवस्थाको कारण यी मुलुकहरु समस्यामा पर्नसक्ने देखिएको हो । नर्वेको केन्द्रीय बैंकका गर्भनरले युरोपियन मुलुकहरुका लागि पेट्रोलियम पदार्थको जोखिम आउनसक्ने बताएका छन् ।

 

५. अमेरिकाको लागि यसले के अर्थ राख्छ ? 

तेलको मूल्य बढी रहेको अवस्थामा अमेरिकालाई भने अन्य मुलुकहरुको तुलनामा कम जोखिम रहेको छ । पछिल्लो समय व्यापक मात्रामा उसले तेलको उत्पादन गरिरहेको कारण उसलाई तेलको भाउको जोखिम कमजोर रहेको देखिएको हो । विश्लेषकहरुका अनुसार १० डलर प्रतिब्यारेलले तेलको मूल्य बढ्दा अमेरिकाको उत्पादनको ०.३ प्रतिशत मात्र प्रभावित हुने बताएका छन् ।

 

६. के यसले विश्वको मुद्रास्फीति बढाउँछ ? 

तेलको मूल्यको प्रभाव तेलको बजारमा मात्र नभई यातायात तथा अन्य उपभोग्य सामग्रीहरुको बजारमा पनि पर्छ । त्यसैले तेलको मूल्यमा आएको वृद्धिले समग्र बजार प्रभावित हुनु सामान्य हो । यसले लामो समयसम्मका लागि मुद्रास्फीतिमा प्रभाव पार्नसक्ने देखिन्छ ।

 

७. विभिन्न मुलुकका केन्द्रीय बैंकहरुले यसलाई कसरी पार लगाउलान् ? 

यदि तेलको मूल्यले मुद्रास्फीतिदरमा वृद्धि हुन्छ भने त्यसलाई नियन्त्रणमा राख्नका लागि केही खुकुलो आर्थिक नीति ल्याउनु जरुरी हुन्छ । सबैभन्दा धेरै खुला अर्थतन्त्र भएका मुलुकरुहरुका लागि भने तेलको मूल्य बढ्नुले आर्थिक समस्या आउनसक्ने देखिन्छ । जसमध्ये भारत पनि एक हो ।

 

भारतले पनि धेरै रकम तिरेर तेल खरिद गर्नुपर्ने अवस्था आएको खण्डमा आर्थिक सुधारको नीति ल्याउनु जरुरी हुने देखिन्छ । थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स र दक्षिण अफ्रिकाजस्ता मुलुकहरुले पनि आफ्नो अर्थिक नीति केही बलियो ल्याउनसक्ने देखिन्छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्