पढिरहेको कोठामा छिरेर १२ वर्षीया बालिकामाथि बलात्कार



हाम्रो इकोनोमि

पर्वतमा आफ्नै कोठामा पढिरहेकी १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
पर्वतको मोदीगाउँपालिका–१ भूक देउरालीमा १२ वर्षीया बालिका आफ्नै कोठामा बलात्कारको शिकार बनेकी हुन् ।

भूक देउरालीमै बस्ने २२ वर्षीय सविन छन्त्यालले असोज १३ गते शनिबार राति बालिका बलात्कार गरी फरार भएका हुन् ।

घरमा बसेर कोठामा पढ्दै गरेकी बालिकालाई छन्त्यालले बलात्कार गरेको भनेर पीडितका अभिभावकले आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका छन् ।
बलात्कार आरोपी छन्त्याल घटनापछि फरार रहेका छन् ।

वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका छन्त्यालको राहदानी रोक्का गरी खोजतलास थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

असोज महिना लागेपछि पर्वतमा तीन जना बालिका बलात्कृत भएका छन् । जलजला गाउँपालिकामा १० बर्षिय बालकबाट ७ वर्षीया बालिका बलात्कृत भएकी थिइन् भने कुस्मानगरपालिका २ मा पनि २० वर्षीय विनोद नेपालीले १३ वर्षीया बालिका बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...