तारले हात बाँधिएको र अर्धनग्न महिलाको शव अझै पहिचान खुलेन



हाम्रो इकोनोमि

 

 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ११ स्थित ठूली भेरी नदीमा चार दिन अगाडि फेला परेको एक महिलाको शवको अझैसम्म पहिचान हुनसकेको छैन् ।

 

वडा नं ११ को रिठा भन्ने ठाउँमा गत असोज १२ गते अन्दाजी ३५÷३६ वर्षकी महिलाको शव फेला परे पनि हालसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुबै हात ग्याबिङ तारले बाँधेको र अर्धनग्न अवस्थामा शव फेला परेको उक्त कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुङ्गानाले जानकारी दिएका छन् । शव सड्ने अवस्थामा पुगिसकेकाले केही दिनअघि नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

गहुगोरो वर्ण, ५ फिट उचाइ, मंगोलियन जस्ती देखिने, तामाङ जातिको पहिरन भएकी मृतकको बारेमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले सबैमा अनुरोध गरेको छ । उक्त शव पश्चिम रुकुम जिल्ला अस्पतालमा राखिएको छ । शवको पहिचान नहुँदा शव परीक्षण गर्न समस्या भइरहेको प्रहरी निरीक्षक ढुङ्गानाले बताए ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...