मुसहर बालबालिकालाई धुर्मुस–सुन्तलीको पोशाक सहयोग



हाम्रो इकोनोमि

 

 

महोत्तरीको गौशाला नगरपालिका–७ स्थित फुलहका मुसहर बस्तीका बालबालिकालाई हास्य कलाकार धुर्मुस–सुन्तलीले स्कुल पोशाक वितरण गरेका छन् ।

धुर्मुस–सुन्तली फाउण्डेशनमार्फत कलाकारद्धय ‘धुर्मुस–सुन्तली’ (सीताराम कट्टेल र कुन्जना घिमिरे)ले यसअघि बस्ती निर्माण गरिदिएका थिए । साथै आफैँले अभिभाकत्व ग्रहण गरेका बालबालिकालाई यसपटक स्कुल पोशाक वितरण गरेका हुन् ।

कलाकारद्धय कट्टेल र घिमिरेले मनहर्वा बस्तीका बालबालिका पढ्ने नेपाल राष्ट्रिय जनजाति आधार विद्यालयमा पुगेर यहाँ अध्ययनरत दुई सय ७० जनालाई पोशाक वितरण गरेका हुन् ।

गत बैशाख १३ गते शिक्षाबाट बञ्चित एक सय २५ बालबालिकालाई उनीहरुले नै स्कुल भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका थिए ।  विद्यालय भर्ना गर्ने क्रममा उनीहरुले विद्यार्थीलाई शैक्षिक सामाग्री तथा झोला बाँडेका थिए ।
यस क्रममा संगम बुक्स पब्लिकेशनको पनि सहायता रहेको बताइएको छ । दैनिक माछा मारेरै समय गुजार्दै आएका मनहर्वा मुसहर बस्तीका बालबालिकालाई शिक्षामा प्ररित गर्न पोशाक वितरण गरिएको संगम बुक्स पब्लिकेशनका प्रबन्ध निर्देशक एस.पी. सापकोटाले जनाए ।

नेताहरुले अभिभावकत्व ग्रहण गरेका बालबालिका स्कुल पुगे नपुगेको बारेमा निगरानी नरहेकोमा कलाकार कट्टेलले चिन्ता व्यक्त गरे । ‘हामी आफ्नो सन्तान सम्झेर विद्यालय भर्ना गराएको र ती बच्चा भर्ना भएको बच्चा बारे निरन्तर खबरदारी गरिरहेका छौं,’ उनले भने, ‘हामी सरकारलाई सघाउन हिडेका छौँ।’

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...