विदेश जाने खर्च जुटाउन साथीको अपहरण गरी हत्यापछि फिरौती माग्ने पक्राऊ



हाम्रो इकोनोमि

 

 

विराटनगर- १७ का २० बर्षका मोहम्मद सद्दाम हुसेन वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा थिए । उनको भिसा लागिसके पनि खर्च जुटाउन सकेका थिएनन् । त्यही खर्च निकाल्न उनले गाउँकै खलिल मियाका छोरा मोहम्मद अस्फाकलाई अपहरण गर्न साथी मोहम्मद आरिफ आलमसँग योजना बनाए ।

 

गौतमबुद्ध स्कुल कक्षा १०मा अध्ययनरत अस्फाक, हुसेन र आलम साथी साथी हुन् । गत वैशाख १ गते उनीहरुले विराटनगर-१५ दुई नम्बर ढाट नजिकै सँगै बसेर मदिरा सेवन गरे । मदिरा सेवनपछि गत भदौ ३० गते नै अपहरण गर्ने योजना बनाएका आलम र हुसेनले अस्फाकलाई लिएर विराटनगर-१४ र १७ को सिममा पर्ने भित्री सडकमा पुगे ।

 

रातको समय थियो । मदिरा सेवन गरेका उनीहरुले अस्फाकको टाउकोमा ढुंगा प्रहार गरे । उनी सोही स्थानमा ढले । अस्फाकलाई बन्धक बनाएर खलिलसँग फिरौती माग्ने योजना थियो । तर ढुंगा प्रहार गर्दा ढलेका अस्फाक उठेनन् । उनको घटनास्थलमै मृत्यु भयो ।

 

विराटनगरमा केही दिनअघि हृयुमपाइपभित्र शव भेटिएको घटनामा अनुसन्धान गर्दा प्रहरीले हत्यामा संलग्नको आशंकामा दुई जना पक्राउ गरेको छ । उनीहरुसँग गरिएको बयानको आधारमा प्रहरीले वैदेशिक रोजगारीमा जान खर्च जुटाउने उद्देश्यले साथीको हत्या भएको निश्कर्ष निकालेको छ ।

 

अस्फाकको मत्यु भएपछि त्यत्तिकै छाडेर गएका उनीहरुले बिहान ३ बजे आएर शव हृयुम पाइपभित्र हालिदिए र सुरु भयो बुबासँग पैसाको बार्गेनिङ ।

 

आफूहरुले छोरोका अपहरण गरेको भन्दै उनीहरुले असोज २ गतेबाट ५० लाख फिरौती माग्न सुरु गरे । समय बितेसँगै फिरौती रकम घट्दै थियो । अन्त्यमा उनीहरु ५ लाखमा छोरालाई छाड्न सहमत भए । तर बार्गेनिङ चलिरहेकै अवस्थामा गत ७ गते हृयुम पाइपभित्र सडेको अवस्थामा शव फेला पर्‍यो । जीउ र टाउको छुटिएको अवस्थामा भेटिएको शव चिन्न सक्ने अवस्थामा थिएन ।

 

अपहरणमा परेका व्यक्ति र भेटिएको शव एकै व्यक्तिको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गर्‍यो । एकसाताको अनुसन्धान पछि प्रहरीले असोज १ गते अपहरणमा परेका अस्फाककै शव भएको निश्कर्षमा पुग्यो । तर उक्त शव छोराकै हो भन्ने खलिललाई विश्वास भएन । तर मृतकले लगाएको लुगा, औठी र हातमा बाधेको डोरोका आधारमा खलिलले आफ्नै छोरा भएको सनाखत गरे ।

 

‘अपहरण गरेर लगेपछि हत्या भएको देखिन्छ’ मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीले भने ‘ हत्या भैसकेपछि फिरौती माग गरेका छन् ।’ पिरौती माग गरेको एसमएसम पठाउने नम्बरको मोवाइल लोकेसनका आधारमा अनुसन्धान गर्दै जाँदा दुई जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

 

पक्राउ परेका आलम र हुसेनलाई शरिर बन्धक तथा ज्यानसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको केसीले जानकारी दिए । ‘ प्रारम्भिक अनुसन्धानका क्रममा पैसाकै लागि हत्या गरेको देखिन्छ’ केसीले भने ‘बुबाले जाहेरी दिएपछि म्याद थप गरी अनुसन्धान गरिरहेका छौं ।’

 

खलिलसँग पैसाको बार्गेनिङ गर्न अस्फाकले लगाएको पाइन्ट सप्तकोशी सिमेन्टको बोरामा हालेर घरमा लगेर फालिएको अवस्थामा भेटिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...