विहे दर्ता र नागरिकता माग्दा यस्तो यातना ……….



हाम्रो इकोनोमि

 

स्वतः रुपमा पाउनु पर्ने अधिकारको खोजी गर्दा सप्तरीकी एक महिलाले चरम शारीरिक यातना खेप्नु परेको छ ।

 

 

विहे दर्ता गरिदिन र नागरिकता बनाई दिन आग्रह गर्दा पतिसहित परिवारका सबै सदस्यबाट कुटिएकी उनको अहिले उपचार भइरहेको छ ।

 

विवाह दर्ता र नागरिकता बनाई दिन आग्रह गर्दा पति, सासु र ससुराबाट निर्घात कुटिएकी सप्तरीकी प्रेमकला ठाकुरको अहिले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भईरहेको छ ।

 

राजविराज नगरपालिका–१५ मुसहरनियाकी १९ वर्षीय प्रेमकलालाई गत शनिवार राति ससुरा भुनेश्वर, सासु रधियादेबी र पति मनोजले कुटपिट गरेका थिए । कुटाईबाट प्रेमकलाको छाती, ढाड, खुटा, कम्मर, पेटलगायतका शरीरका विभिन्न स्थानमा चोट लागेको छ । शरीरभरी नै निलडाम छ ।

 

रुपनी गाउँपालिका–१ रायपुर माइती भएकी प्रेमकलाको ०७४ साल बैशाखमा मनोजसँग बिहे भएको थियो । चार लाख दाइजोसहित उनको बिबाहमा १२ लाख रुपैयाँ खर्च भएको प्रेमकलाका पिता मोहन ठाकुरले जानकारी दिएका छन् ।

 

बिहेपछि घर गएकी छोरी प्रेमकलाले केही दिनपछि देखि नै यातना सहनु परेको मोहनको भनाई छ । उनका अनुसार बिह दर्ता र नेपाली नागरिकताको प्रमाणपत्र बनाई दिन आग्रह गर्दा प्रेमकलाका सासु, ससुरा र पतिले मानेका छैनन् ।

 

विगतमा कयौं पटक कुटपीट गर्दा आफू गएर स्थानीयस्तरमै जनप्रतिनिधि समेत राखेर सहमतिपछि छोरीको घर नबिग्रोस भनेर मुद्दातर्फ नगएको मोहनले बताएका छन् । पछिल्लो पटक शनिवार फेरि कुटपिटपछि छोरीलाई घरभित्रै थुनेर राखेको जानकारी पाएपछि आफू गएर उद्दार गरी उपचारका लागि अस्पताल ल्याएको मोहनको भनाई छ ।

 

‘पुरै शरीरभर निलडाम छ, शरीरका कुनै भाग कुटाईबाट छुटेको छैन’ मोहनले भने, ‘बासका भाटा समेतले कुटपिट गरिएको छ ।’ प्रेमकलालाई कुटपीट गर्ने उनका पति मनोज, ससुरा भुबनेश्वर र सासु रधियादेबीलगायतबिरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको मोहनले बताए ।

 

जिल्ला प्रहरी कार्यालयको महिला तथा वालवालिका सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक मिनबहादुर क्षेत्रीले नागरिकता बनाई दिन र बिबाह दर्ता गरिदिन आग्रह गर्दा आफनै पति, सासु र ससुराबाट प्रेमकला ठाकुर कुटिएको उजुरी आएपछि संलग्नको खोजीका लागि प्रहरी परिचालित भएको बताएका छन् ।

 

‘कुटपिटमा संल्गनलाई पक्राउ गर्न प्रहरी परिचालित छ, उनीहरु फेला पर्न सकेका छैनन्, घरवाट फरार छन्, अझै खोजी कार्य जारी छ’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...